Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भक्तपुरमा आजदेखी सीएफ मोटो एनके२५० को ग्रान्ड एक्सचेन्ज कार्निभल सुरु

भक्तपुरमा आजदेखी सीएफ मोटो एनके२५० को ग्रान्ड एक्सचेन्ज कार्निभल सुरु
विज्ञापन
Advertisement

काठमाडौं । भक्तपुरको सल्लाघारीस्थित सिएफ मोटो सोरुममा आजदेखी एक्सचेन्ज कार्निभल सुरु भएको छ । सो क्षेत्रका लागि आधिकारिक बिक्रेता राइडर ग्रुपले कार्निभल आयोजना गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

विगत ८ वर्षदेखी भक्तपुरमा सिएफ मोटो मोटरसाइकल बिक्री गर्दै आएको राइडर ग्रुपले हालै जिहो ब्रान्डको इलेक्ट्रिक स्कुटर समेत बिक्री गर्न थालेको छ ।

६ दिनसम्म चल्ने मेला सिएफ मोटोको एनएके२५० मोटरसाइकल लक्षित छ । एनके२५० अपग्रेड भएर आएपछि यस ग्रुपले पहिलोपटक ६ दिनका लागि एक्सचेन्ज कार्निभल आयोजना गरेको हो ।

कार्निभलमा विभिन्न ब्रान्डका मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न आउने ग्राहकहरूलाई उक्त मोडल मोडल खरिद गर्दा बजार मूल्यांकनमा ५० हजार रुपैयाँ थप मूल्याकंन कम्पनीको तर्फबाट उपलब्ध गराइने बताइएको छ ।

फाइनान्समा खरिद गर्दा ५० प्रतिशत डाउनपमेन्ट गरी बाँकी रकमलाई शून्य प्रतिशत ब्याजदरमा २४ महिनाभित्र भुक्तानी गर्न सकिने, नगद खरिदमा उचित छुट प्रदान गरिनुका साथै उक्त मोडलमा ५ वर्ष सम्मको वारेन्टी उपलब्ध हुने कम्पनीको भनाई छ । साथै, ग्राहकले एउटा आकर्षक हेल्मेट समेत निःशुल्क प्राप्त गर्नेछन् ।

युवा राइडरमाझ लोकप्रिय बनिरहेको सिएफ मोटो एनके२५० मा २७ बिएचपी पावर र २२ एनएम टर्क जेनेरेट गर्ने शक्तिशाली ईएफआई इन्जिन जडान गरिएको छ । उत्कृष्ट पर्फमेन्स र आकर्षकत लुक्स तथा डिजाइनका कारण पछिल्लो समय एनके२५० नेपाली राइडरमाझ लोकप्रिय बन्दै गएको कम्पनीको भनाई छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit