काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् ।
बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले कायममुकायम सीईओ ज्ञवालीलाई चार वर्षको कार्यकाल तोकेर सीईओ पदमा नियुक्त गरेको हो । उनको कार्यकाल यही जेठ २२ गतेदेखि लागू हुने गरि ४ वर्षसम्म कायम हुने छ ।
नबनियुक्त सीईओ ज्ञवालीसँग बैंकिङ क्षेत्रमा २६ वर्ष लामो अनुभव छ । ज्ञवालीले यसअघि नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंकसहित ज्योति विकास बैंकमा व्यवस्थापन तहमा रहेर काम गरेका छन् । यस्तै, पुँजीबजार तथा बैंकिङ क्षेत्रमा व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही कार्य गरेको बैंकिङ क्षेत्रको अनुभव उनले बटुलीसकेका छन् ।
उनको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको नबिल बैंकले जनाएको छ ।
सकारात्मक सोच, प्रष्ट वक्ता, आकर्षक व्यक्तित्व भएका ज्ञवाली युवामाझ सेलिब्रेटी बैंकर्सको रूपमा परिचित छन् । यसैगरी, नबिल बैंकले नायब महाप्रबन्धक आदर्श बजगाँईलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ । समिति बैठकले कानुन विभागका प्रमुख भीष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ ।




कर्पोरेट समाचार 






















प्रतिक्रिया दिनुहोस्