Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

गोल्छा ग्रुपका अध्यक्षदेखि आईएमई ग्रुपका संस्थापक ढकालसम्म १० जना विकास नायकबाट सम्मानित

गोल्छा ग्रुपका अध्यक्षदेखि आईएमई ग्रुपका संस्थापक ढकालसम्म १० जना विकास नायकबाट सम्मानित
विज्ञापन
Advertisement

काठमाडौं । विभिन्न १० क्षेत्रमा महत्वपूर्ण योगदान दिने १० जना विकास नायक सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास वहस तथा विकास नायक अवार्ड समारोहमा १० जना विकास नायकलाई सम्मान गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

राजनीतिक संस्कार, सुशासन र विकास क्षेत्रबाट ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उद्योग क्षेत्रबाट गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, कृषि क्षेत्रबाट फस्र्ट च्वाइस फुड्स लिमिटेडका अध्यक्ष कृष्णप्रसाद पौडेल, ऊर्जा क्षेत्रबाट आरएम ग्रुपका अध्यक्ष कृष्ण आचार्य, पेशागत कर्मबाट देश तथा विदेशमा प्रतिष्ठा आर्जन गरी राष्ट्र निर्माणमा योगदान दिने धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा.रामकण्ठ माकजु श्रेष्ठ, सूचना प्रविधि क्षेत्रबाट आईएमई ग्रुपका संस्थापक हेमराज ढकाल ‘विकास नायक २०८२’ बाट सम्मानित भएका हुन् ।

यस्तै, सृजनशील र निष्ठापूर्ण व्यवसायतर्फ सानिमा ग्रुपका सञ्चालक जीवा लामिछाने, शिक्षा तथा स्वास्थ्य क्षेत्रबाट नेपाल विश्वविद्यालयका उपकुलपति प्रा.डा. अर्जुन कार्की तथा कला तथा मनोरञ्जन क्षेत्रबाट अभिनेत्री सुरक्षा पन्त सम्मानित भएका हुन् । यस्तै वित्तीय संस्थातर्फ नविल बैंक विकास नायकबाट सम्मानित भएको छ ।बैङ्कका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मनोज ज्ञवालीलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरिएको जनाइएको छ ।

उनीहरुलाई अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अवार्ड तथा सम्मानपत्र प्रदान गरेका हुन् । उनले पछिल्लो समय उद्योगी व्यवसायीको मनोबल कमजोर भएको अवस्थामा उक्त सम्मानले उत्प्रेरणा र थप काम गर्न उर्जा थप्ने धारणा राखे । खनालका अनुसार देशमा लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि मनोबल उच्च बनाउन यस्तो प्रकारको सम्मान आवश्यक छ । कार्यक्रममा विकास मिडियाका अध्यक्ष रामकृष्ण पौडेलले चौतर्फी रुपमा निराशा फैलिरहेको बेला सञ्चारमाध्यमबाट हुन सक्ने सिर्जनशील र उत्प्रेरणामुलक कामले व्यक्तिलाई थप प्रोत्साहन गर्ने बताए । ‘विकास मिडिया रचनात्मक र सकारात्मक सन्देश प्रवाहमा सधैं प्रतिवद्ध छौं, व्यक्ति र व्यवसायीलाई थप उर्जा भर्नका लागि हामीले हाम्रो तर्फबाट हुने सक्ने कदम चालेका हौं,’ पौडेलले भने ।

विकास नायक निर्णायक समितिका संयोजक कृष्णहरि बास्कोटाले आआफ्नो क्षेत्रमा उत्कृष्ट काम गरेका व्यक्तिहरुलाई निष्पक्ष ढंगबाट छनोट गरेर सम्मानित गरेको प्रस्ट पारे । उनका अनुसार १० वटा क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको मूल्याङ्कनका आधारमा ‘विकास नायक, २०८२’का लागि छनोट गरिएको हो ।

साथै, विकास बहसमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजी पर्याप्त भए पनि निजी क्षेत्रको मनोबल खस्किँदा लगानीको वातावरण अघि बढ्न नसकेको बताए । उनले पछिल्लो समय लगानीको धारणा र व्यवहारमा परिवर्तन आएको उल्लेख गरे । बहसमा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित शाक्यले बैंक तथा वित्तीय संस्थाको लगानीबिना कुनै पनि उद्योग–व्यवसाय अघि बढ्न नसक्ने बताए । उनले बैंकिङ क्षेत्रले उद्यमशीलता विकासमा खेलेको भूमिकाको चर्चा गरे । यस्तै, महिला उद्यमी तथा गोल्डस्टारकी कार्यकारी निर्देशक विदुषी राणाले नेपालमा कुनै पनि उद्योग सुरु गर्नु अघि गम्भीर तयारी आवश्यक पर्ने बताइन् । उनले उद्योग स्थापना मात्र होइन, त्यसको निरन्तरतामा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । उनका अनुसार नीतिगत असहजता र कठिन वित्तीय अवस्थाले उद्योग सञ्चालनलाई झनै चुनौतीपूर्ण बनाएको छ ।

आईएनजी ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले समयानुकूल शिक्षा नीति लागू गर्न नसक्दा विद्यार्थीहरू अझै विदेश पलायन हुने खतरा रहेको बताए । उनका अनुसार आजभन्दा ३० वर्षअघिको शिक्षा नीतिलाई अहिले पनि लागू गर्ने हो भने देशभित्र कलेज र विद्यालयमा विद्यार्थी टिकाइराख्न गाह्रो हुन्छ । बुढाथोकीले समय सापेक्ष शिक्षा नीति अवलम्बन गर्दा कलेज र विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने बताए । ‘हामीले समयअनुसार शिक्षा नीतिलाई अगाडि बढाएकै कारण कलेजमा विद्यार्थीको भीड देखिएको हो,’ बुढाथोकीले भने ।

कार्यक्रममा अर्थविद् डा. विश्वास गौचन र नेपाल विश्वविद्यालयका रजिष्ट्रार डा. सूर्यराज आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुतीकरण दिँदै डा. आचार्यले छोटो समयमा आवश्यक सबै पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले ठूलो लगानी अपरिहार्य रहेको बताए । डा. आचार्यका अनुसार पूर्वाधारमा गरिएको लगानीले अर्थतन्त्रमा बहुगुणात्मक प्रभाव पार्छ । ‘पूर्वाधारमा १ अर्ब रुपैयाँ खर्च गर्दा त्यसले ४ देखि ५ अर्ब रुपैयाँसम्म जीडीपीमा योगदान पुर्याउँछ,’ उनले भने ।

डा. गौचनले पछिल्लो समय आर्थिक सूचकहरू सकारात्मक देखिए पनि अपेक्षित रूपमा लगानी वृद्धि हुन नसकेको बताएका छन् । उनका अनुसार हाल करिब साढे २१ खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको भए पनि निजी क्षेत्रको लगानीमा उत्साह आउन सकेको छैन । हाइड्रोपावर र पर्यटन क्षेत्रको प्रभावकारी विकास गर्न सके मात्र पनि देश समृद्ध बन्न सक्ने उनको धारणा छ । विकास मिडियाले आइतबार १० क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यत्ति तथा संस्थालाई सम्मान गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit