Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पुस २७ र २८ गते कांग्रेसको विशेष महाधिवेशन घोषणा, १८ ओटा उपसमिति गठन

पुस २७ र २८ गते कांग्रेसको विशेष महाधिवेशन घोषणा, १८ ओटा उपसमिति गठन
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले यही पुस २७ र २८ गते विशेष केन्द्रीय महाधिवेशन गर्ने घोषणा गरेका छन्। विशेष महाधिवेशन माग गर्दै प्रस्ताव दर्ता गरेका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले बुधबार नयाँबानेश्वरमा पत्रकार सम्मेलन गरी उक्त घोषणा गरेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

‘पार्टी विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पुस २७ र २८ गते काठमाडौंमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं’ पक्षधरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसका लागि आवश्यक व्यवस्थापकीय तयारी तीव्र गतिमा भइरहेको बताइएको छ । विशेष महाधिवेशन पुस २७ गते भृकुटीमण्डपमा उद्घाटन हुने र त्यसपछिका विभिन्न कार्यक्रमका लागि उपसमितिहरू गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

विशेष महाधिवेशन पक्षधरले महाधिवेशनलाई सफल पार्न १८ ओटा उपसमितिहरू गठन गरि त्यसको संयोजक पनि तोकिएको जनाएको छ । पूर्वजिल्ला सभापति, पूर्व के.स. समन्वय उपसमितिको संयोजक मधु आचार्यलाई दिइएको छ । जनपरिचालन जुलुस व्यवस्थापनको जिम्मेवारी जगदीश नरसिंह केसीले पाउँदा व्यवस्थाप समितिको संयोजक मनोजमणि आचार्य, प्रदेश सांसद समन्वयको लागि श्रीराम लामिछाने, पूर्वसांसद समन्वय कुशुम थापामगर र मञ्च व्यवस्थापनको जिम्मेवारी गोविन्द पुडासैनी र स्थानीय तहको समन्वयन गर्ने जिम्मा वंशलाल तामाङले पाएका छन्।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit