Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

विभिन्न कोषमा रहेको ५.१ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

विभिन्न कोषमा रहेको ५.१ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको कुल ५ अर्ब १ करोड १६ लाख रुपैयाँबराबरको रकम बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

केन्द्रीय बैंकले सन् २०२६ जनवरी १८ देखि २०२७ जनवरी १९ सम्म कुल ३६६ दिनका लागि यो रकम मुद्दती निक्षेपका रूपमा राख्न लागेको हो। लगानी गरिने कुल रकममध्ये सबैभन्दा ठूलो हिस्सा अर्थात् ४ अर्ब ९४ लाख रुपैयाँ वाणिज्य बैंकहरूका लागि छुट्याइएको छ।

त्यसैगरी, राष्ट्रियस्तरका विकास बैंकहरूमा ७५ करोड १७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा २५ करोड ५ लाख रुपैयाँ लगानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यस प्रक्रियामा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले आफूले दिन सक्ने ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। इच्छुक संस्थाहरूले पुष २२ गते राति १२ बजेसम्ममा आफ्नो ब्याजदरको सिलबन्दी प्रस्ताव पेश गरिसक्नुपर्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit