Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेशनल लाइफको साधारणसभाबाट १५ प्रतिशत लाभांश पारित, भवानी राणासहित पाँच जना सञ्चालक समितिमा निर्वाचित

नेशनल लाइफको साधारणसभाबाट १५ प्रतिशत लाभांश पारित, भवानी राणासहित पाँच जना सञ्चालक समितिमा निर्वाचित
विज्ञापन
Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आज सम्पन्न सम्पन्न सभाले हाल कायम चुक्तापुँजीको आधारमा १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यस्तै, कम्पनीद्वारानगद लाभांशस्वरूप ५२ करोड १२ लाख १३ हजार रुपैयाँ र बोनस सेयरस्वरूप २६ करोड ६ लाख रुपैयाँ वितरण गरिने, लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशतअनुसार ४ करोड ११ लाख ४८ हजार रुपैयाँ छुट्याउने प्रस्ताव पनि सभामा पारित भएको छ ।

हाल नेशनल लाइफको चुक्तापुँजी ५ अर्ब २१ करोड रुपैयाँ रहेको छ । कम्पनीको बोनस सेयर वितरणपछि यो ५ अर्ब ४७ करोड रुपैयाँभन्दा माथि पुग्नेछ । यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, कम्पनी ऐन २०६३ बमोजिम आर्थिक वर्ष २०८०/८१ मा गरिएको खर्च अनुमोदन गर्ने तथा नियामक निकायको निर्देशनअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावसमेत पारित गरेको छ ।

साथै संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी ५ जना सञ्चालकको निर्वाचन पनि सम्पन्न गरेको छ । संस्थापन पक्षबाट प्रेमा राज्य लक्ष्मी सिहं, रथी पवन बहादुर पाँडे (अ.प्रा) र कुशल मल्ली र सर्वसाधारण समूहबाट कुलदीप शरण सिंह र भवानी राणा संचालक समितिमा निर्विरोध निर्वाचित भएका हुन् । यस्तै सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरिएको छ ।

कम्पनीको अध्यक्ष प्रेमा सिंहले आउने दिनमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मुख्य बीमकको रुपमा आम सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्न अग्रणी भूमीका निर्वाह गरिरहने बताइन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit