images images
images images
images
images
images

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कर्मचारीविरुद्ध मुद्दा दायर

images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसमेत नौ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी पु¥याएको र आर्थिक अनियमितता गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रक्रियाबिना परिषद्को रकम खर्च गरेको, सवारीसाधन खरिद बिक्रीमा अनियमितता गरेको तथा मिलेमतोमा अन्य हिनामिना गरेको पाइएकाले आवश्यक अनुसन्धान गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

images

आयोगले तत्कालीन कार्यकारी निर्देशक ठाकुरविरुद्ध रु ५१ लाख ७१ हजार ८८८ बराबरको बिगो माग दाबी गरेको छ । यस्तै, परिषद्का लेखापाल सावित्री गिरीविरुद्ध रु ३० लाख ७२ हजार ८४४, प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुङ्गानाविरुद्ध रु १० लाख एक हजार ८७६, कम्प्युटर अधिकृत कृष्णमुरारी सिंहविरुद्ध रु १४ लाख ९९ हजार, सवारी चालक बिक्कीकुमार चौधरीविरुद्ध कैद सजायको मात्रै माग दाबी गरिएको छ ।

उपभोक्ता समितिका अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बवितादेवी साहविरुद्ध रु २० लाख ९९ हजार, निर्माण व्यवसायी जितेन्द्रकुमार यादवविरुद्ध रु दुई लाख र प्रतिवादी बलराम ठाकुरको श्रीमती इन्दुलेखाकुमारी ठाकुर विरुद्ध रु ४५ लाख २२ हजार ८४५ बराबरको बिगो मागदाबी गरिएको छ । उनीहरुबाट बिगोबमोजिमको रकम असुली र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

images
images

प्रतिक्रिया दिनुहोस्