Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रुकुम पूर्वबाट ‘प्रचण्ड’ को जित सुनिश्चित

रुकुम पूर्वबाट ‘प्रचण्ड’ को जित सुनिश्चित
विज्ञापन
Advertisement

काठमाडौं । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयको नजिक पुगेका छन् । यहाँ प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

भूमे र सिस्ने गाउँपालिकासँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको आठवटा वडाको मत गणना सकिँदा दाहालले आठ हजार ५०० मतले अग्रता कायम गर्दै जितको नजिक पुगेका छन् ।

पन्ध्र हजार ८२३ मत गणना गर्दा प्रचण्डले आठ हजार ७४७ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लीलामणि गौतमले तीन हजार १७, नेपाली कांग्रेसका उम्मेदवार कुसुमदेवी थापाले दुई हजार ४७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखन थापाले ७१२, राप्रपाका रोशन शाहले ७३ मत, राष्ट्रिय जनमोर्चाका उम्मेदवार चन्द्रप्रसाद शाहीले २९ मत, प्रलोपाका उम्मेदवार सन्दीप पुनले १८६, नेसनल मङ्गोल अर्गनाइजेसनका उम्मेदवार ज्योति रोका मगरले ५४ मत, नेसनल रिपब्लिक नेपालका उम्मेदवार धर्मकुमार बुढाले ४८, नेपाली कम्युनिष्ट पार्टी माओवादीका उम्मेदवार जुद्धबहादुर बुढा मगरले ४०, जनता समाजवादी पार्टीका उम्मेदवार शिरबहादुर बुढाले पाँच मत प्राप्त गरेका छन् ।

जसमा ४३५ मत बदर भएको छ। अहिले पुथा उत्तरगङ्गा गाउँपालिका–९, १०, ११, १२, १३ र १४ को मत गणना जारी छ । त्यसपछि अन्तिम मत परिणाम घोषणा गरिने छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit