Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । खनाल २७ हजार ७११ मतसहित निर्वाचित भएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाए । यस्तै, नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत ल्याउँदा राप्रपाका उद्धवराज भेटुवालले २९० मत र कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मत प्राप्त गरे ।

शिशिर खनाल दोस्रो पटक यही क्षेत्रबाट निर्वाचित भएका हुन् । ४७ वर्षीय खनालले राजनीतिमा आउनुअघि सामाजिक सेवा, शिक्षा र नीति निर्माणका क्षेत्रमा काम गरेका थिए ।

यसैगरी काठमाडौं क्षेत्र नम्बर ८ का रास्वपाकै उम्मेदवार विराजभक्त श्रेष्ठ पनि विजयी भएका छन् । उनले २४ हजार ५ सय ९२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । उनका प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार सुमन सायमीले ३ हजार २ सय १७ मत ल्याए । यसैगरी,कांग्रेस उम्मेदवार सपना राजभण्डारी २ हजार ८ सय ३५ मत ल्याएर तेस्रो भइन् । एमाले उम्मेदवार राजेश शाक्य १ हजार ९ सय ९ मत ल्याएर चौथो भएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit