images
images
images
images

दसैँपछि खुलेको शेयर बजारमा पहिरो, दोहोरो अंकले नेप्से परिसूचक घट्दा साढे चार अर्बको कारोबार

images
images
images

काठमाडौं । लामो दशैं विदापछि खुलेको शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घटेर २६०४ अंक रोकिएको छ । यस दिन कूल ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ ।

मंगलबार कारोबारमा आएका १६ कम्पनीको मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको कारोबार मूल्य भने स्थिर रह्यो । आज सबै समूहका सूचक घटेका छन् । अन्य समूह सबैभन्दा बढी ४.८३ प्रतिशतले घटेको छ । बैंकिङ १.३२, विकास बैंक २.३८, फाइनान्स १.१२, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर २.७४, जीवन बीमा १.८६, लगानी १.९१, माइक्रोफाइनान्स १.८७, निर्जीवन बीमा २.०४ तथा व्यापार समूहमा १.१७ प्रतिशतको गिरावट आएको छ ।

images

आज भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्दा दोस्रोमा नेपाल पुनर्बीमाको ८.५७ र माथिल्लो मैलुङखोलाको ७.२१ प्रतिशतले घटेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्