Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

नेशनल लाइफद्वारा पोखरामा अभिकर्ताहरूलाई एकदिने तालिम सम्पन्न

नेशनल लाइफद्वारा पोखरामा अभिकर्ताहरूलाई एकदिने तालिम  सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि पोखरामा एकदिने तालिम कार्यक्रम सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले सञ्चालन गर्दै आएको ‘मासिक योजना मन्थन–२०८२’ अन्तर्गत गण्डकी प्रदेशका सबै शाखा कार्यालय तथा लुम्बिनी र बागमती प्रदेशका केही शाखा कार्यालयमा आबद्ध भई कार्यरत छनोट गरिएका १८५ जना अभिकर्ताहरूलाई तालिम प्रदान गरिएको हो।

पोखरास्थित होटल मेजेष्टिक लेक फ्रन्टमा सम्पन्न तालिममा बीमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणका क्रममा उहाँले एमडीआरटी, सिओटी र टिओटी लक्ष्य हासिल गर्न अपनाउन सकिने विभिन्न उपायहरू तथा बजारमा फरक र प्रभावकारी ढंगले प्रस्तुत हुने सीपबारे अभिकर्ताहरूलाई जानकारी गराएका थिए ।

कार्यक्रममा कम्पनीकी उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेलले यस किसिमको तालिमले अभिकर्ताहरूको मनोबल वृद्धि भई व्यावसायिक लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताए । उनले कम्पनीले ‘प्रेरणा, प्रगति र पेशागत उत्कृष्टता’ भन्ने नारासहित मासिक योजना मन्थन कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै यस योजनाअन्तर्गत देशभरबाट छनोट गरिएका ७०० भन्दा बढी अभिकर्ताहरूलाई पायक पर्ने विभिन्न स्थानहरूमा तालिम कार्यक्रम सञ्चालन गरिएको जानकारीदिए ।

साथै उनले शाखा स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरेका थिए।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उतारी प्रतिस्पर्धात्मक बजारमा आफूलाई सक्षम सावित गर्ने अपेक्षा व्यक्त गर्नुभयो। त्यस्तै, पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले धन्यवाद ज्ञापन  प्रदान गरे ।

तालिम कार्यक्रममा सहभागी अभिकर्ताहरूले यस प्रकारको व्यावसायिक र प्रेरणादायी तालिमले आफ्नो मनोबल उच्च भएको प्रतिक्रिया दिँदै आगामी दिनमा बीमा व्यवसायमा अझ प्रगति गर्ने प्रेरणा मिलेको बताएका छन्। साथै सम्मान प्राप्त हुँदा आफ्नो मेहनतको कदर भएको अनुभूति भएको उनीहरूको भनाइ थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit