Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिटिजन्स बैंकको नाफा ३५ करोड ८८ लाख

सिटिजन्स बैंकको नाफा ३५ करोड ८८ लाख
विज्ञापन
Advertisement

काठमाडाैं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म सिटिजन्स बैंकले ३५ करोड ८८ लाख ५८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.७८ प्रतिशतले थोरै हो ।

विज्ञापन
Advertisement
Advertisement

गत आवको सोही अवधिमा बैंकको नाफा ६६ करोड १८ लाख २८ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २.२८ प्रतिशतले बढेर ३ अर्ब १४ करोड ४५ लाख ४६ हजार रुपैयाँ रहेको छ । तर, सञ्चालना नाफा घट्दा र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको नाफा घटेको छ ।
बैंकको सञ्चालन नाफा ४४.६८ प्रतिशतले घटेर ५० करोड ४१ लाख ७१ हजार रहेको छ ।

यस्तै इम्पेरमेन्ट चार्ज १ अर्ब ८३ करोड २७ लाख ९२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १ अर्ब ३८ करोड ५३ लाख ५४ हजार रुपैयाँ रहेको थियो । बैंकको विरतणयोग्य नाफा १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

बैंकको खराब कर्जा ४.८५ प्रतिशतबाट बढेर ६.८६ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३३ पैसाले घटेर ४ रुपैयाँ ६३ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १४९ रुपैयाँ ७९ पैसा छ ।

१५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ७२ करोड १२ लाख रुपैयाँ छ । २ खर्ब १० अर्ब २२ करोड रुपैयाँ ३५ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ६८ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit