images
images
images

एन्फा मुख्यालय अगाडि फुटबलप्रेमीहरुको धर्ना : ए डिभिजन लिग नै नगराई फुटबल कसरी अगाडि बढ्छ ?

images
images
images

काठमाडौं । नेपाली फुटबल समर्थकहरुले फुटबल क्षेत्रमा देखिएको वेथितिविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) को ध्यानाकर्षण गराएका छन् । एन्फा मुख्यालय अगाडि आज समर्थकहरूले ‘फुटबल जनताको हो, कुनै व्यक्तिको होइन’ भन्ने नारासहित शान्तिपूर्ण धर्नामा बसे ।

धर्नामा सहभागी अनुप मगरले एन्फा सुतिरहेको भन्दै आफूहरुले एन्फालाई उठाएर काममा लगाउने उद्देश्यले सडकमा आएको बताए । एन्फामा भएको वेथितिको अन्य हुनुपर्ने उनिहरुको मुख्य माग छ । ‘फुटबललाई माया गर्नेहरु एकीकृत भएर वेथिति एन्फामा भइरहेको छ । गर्नुपर्ने आधारभूत कुराहरु समेत नगरेर सुतिरहनुभएको छ । त्यसैले हामीले झक्झक्याउनुपर्छ । उहाँहरुलाई काममा लगाउनुपर्छ भन्ने हिसाबले यहाँ आएका हौं,’ मगरले भने ।

त्यस्तै उनले पहिलादेखि नै एन्फामा परिवर्तन चाहिन्छ भन्ने सोच फुटबलप्रेमीहरुमा रहेको धारणा राखे । साढे दुई वर्षसम्म ‘ए’ डिभिजन हुन नसकेको गुनासो गर्दै उनले ‘ए’ डिभिजन नहुनु भनेको फुटबल नै शुन्य हुनु रहेको बताए । उनले भने,‘हामीले धेरै पहिलादेखि नै एन्फामा परिवर्तन चाहिन्छ भन्ने सोच थियो । भिजन राखेर क्यालेण्डर बनाउनु भएको छ तर काम कत्तिको भयो त ? कार्यान्वयन हुनुपर्दैन क्यालेन्डर ?’ उनले थपे, ‘ए डिभिजन नभएको साढे दुई वर्ष हुन लागिसक्यो । ए डिभिजन नहुनु भनेको त फुटबल नै शुन्य हुनु हो । यही हिसाबले फुटबल अगाडि कसरी बढ्छ त ?’

प्रदर्शनमा सहभागीहरूले विगत पाँच वर्षका आर्थिक विवरणहरू सार्वजनिक गर्न, एन्फा नेतृत्वको जवाफदेहिता सुनिश्चित गर्न र स्थगित घरेलु लिगहरू तुरुन्त सुरु गर्न माग गरेका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्