Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ब्रिजवाटर इन्टरनेशनलद्वारा आयोजित ‘बाइट एण्ड डिलाइट फेष्ट’ सम्पन्न

ब्रिजवाटर इन्टरनेशनलद्वारा आयोजित ‘बाइट एण्ड डिलाइट फेष्ट’ सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । ब्रिजवाटर इन्टरनेशनल कलेजद्वारा आयोजित ‘फुड फेष्टिवल’ सम्पन्न भएको छ । कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट विषय लिई अध्ययनरत विद्यार्थीहरुको अगुवाइमा सम्पन्न ‘बाइट एण्ड डिलाइट फेष्ट’ नाम दिइएको सो एक दिने ‘फुड फेष्टिवल’ विभिन्न कार्यक्रम सञ्चालन गरी समापन भएको हो।

विज्ञापन
Advertisement
Advertisement

फेस्टको प्रमुख उद्देश्य विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई एकै स्थानमा ल्याएर नेपाली स्वादका परिकार, मनोरञ्जन र सांस्कृतिक गतिविधि सञ्चालन गर्नु रहेको आयोजकको भनाइ छ। फेस्टमा विद्यार्थी आफैँले तयार पारेका विभिन्न २६ परिकारहरुका १३ वटा स्टल राखिएका थिए। जसमा स्थानीय देखि अन्तर्राष्ट्रिय परिकारहरु समावेश गरिएको थियो ।

विद्यार्थीहरूले आफ्नै सिर्जनशीलता र पाककला कौशल प्रयोग गरी तयार पारेका परिकारहरूबारे उपस्थित सबैलाई जानकारी दिएका थिए । फेष्टिवलमा ‘कुकिङ शो’, सांस्कृतिक प्रस्तुति’, ‘फुड टेस्टिङ, ‘फन गेम्स’ र फोटोग्राफीका गतिविधिहरू सञ्चालन गरिएको आयोजकले जनाएको छ।कार्यक्रममा जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले विद्यार्थीहरुले देखाएको सीप कौशलको सामर्थ्यले स्वदेशमा नै अनन्त सम्भावना रहेको उजागर गरेको धारणा राखे। साथै, स्थानीय परिकारको मौलिकता र प्रचारले नेपालप्रति विदेशीहरुको आकर्षण झनै विस्तार गराउने गरी काम गर्नुपर्नेमा उनको जोड थियो।

यसैगरी, कार्यक्रममा कलेजका प्रचार्य कृष्ण पौडेलले विद्यार्थीहरूलाई केवल कक्षाकोठाभित्रको ज्ञानमा सीमित नराखी व्यवहारिक रुपमा सीपहरू सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कलेज प्रचार्य पौडेलले भने, ‘हाम्रो उद्देश्य विद्यार्थीहरूलाई केवल कक्षाकोठाभित्रको ज्ञानमा सीमित नराखी, जीवनका विभिन्न सीपहरू सिकाउने हो। फुड फेष्टिबल जस्ता कार्यक्रमहरूले नेतृत्व क्षमता, सामूहिक भावना, उद्यमशीलता र सांस्कृतिक सम्मानको भावना विकास गर्न मद्दत पुर्‍याउँछन्।’ उनका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीको नेतृत्व क्षमता, सामूहिक भावना, उद्यमशीलता र सांस्कृतिक सम्मानको भावना विकास गर्न मद्दत पुर्‍याउँछन्।

कलेजले आगामी दिनमा यस्ता सिर्जनात्मक, शैक्षिक र सामुदायिक कार्यक्रमलाई अझ व्यापक बनाउन अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने योजना बनाएको उल्लेख गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit