Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

साढे २७ लाख मूल्य पर्ने बिलबिजक बिनाका सामान बरामद

साढे २७ लाख मूल्य पर्ने बिलबिजक बिनाका सामान बरामद
विज्ञापन
Advertisement

देवदह (रुपन्देही) । प्रहरीले बुटवलबाट साढे २७ लाख रुपैयाँ भन्दा बढीको बिलबिजक बिनाका सामान बरामद गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

मङ्गलबार बुटवल उपमहानगरपालिका–८ सुख्खानगर, मैत्रीपथबाट अन्दाजी मूल्य २७ लाख ७८ हजार बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दले बताए ।

दुईवटा गाडीमा अवैध रुपमा मदिरा ल्याइँदै छ, भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा बाटोको किनारामा पार्किङ गरी राखिएको गाडीबाट बिलबिजक बिनाका मदिरा भेटिएको उनले जानकारी दिए ।

बरामद गरिएका सामान र सवारीसाधन आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit