images images images
images images images
images
images
images

एमाले पदाधिकारी निर्वाचन : उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ र सचिवमा महेश बस्नेतलाई ‘पपुलर’ मत

images

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनले पार्टी पदाधिकारी निर्वाचित गरेको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले सबैभन्दा धेरै मत पाएका छन् । उनले १७३७ मत ल्याएर विजयी हुँदा विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी भएका छन् ।

त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२ मत, रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराई १३४८ मतका साथ विजयी भएका छन् ।

images
images

सचिव पदमा महेश बस्नेतले सबैभन्दा धेरै मत पाएका छन् । बस्नेतले १५४४मतका साथ सचिवमा विजयी हुँदा छविलाल विश्वकर्माले १५०६ मत, पद्माकुमारी अर्यालले १५३० मत पाइन् । यस्तै, शेरधन राईले १५०३ मत, हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १३३१ मत, यमलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकाल ११०८ मतका साथ विजयी भएका छन् । सचिवमा ओली प्यानलका सबै उम्मेदवार विजयी भएका हुन् ।

 

images
images

प्रतिक्रिया दिनुहोस्