images images
images images
images
images
images

सुपरहिट चलचित्र ‘१२ गाउँ’ डिशहोम गोमा हेर्न मिल्ने

images

काठमाडौं । अघिल्लो वर्ष बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल चलचित्र ‘१२ गाउँ’ अब डिशहोम गोमा हेर्न पाइने भएको छ ।नेपालभित्रका दर्शकहरूले यो चलचित्र २२५ रुपैयाँ तिरेर हेर्न सक्नेछन् भने नेपाल बाहिर रहेका दर्शकहरूले १.९९ डलरमा एपमार्फत हेर्न पाउनेछन् ।

उक्त चलचित्र एक प्राचीन थलो ‘१२ गाउँ’ मा बसोबास गर्ने जनतामाथि अत्याचार गर्ने शासकविरुद्ध उभिने एक परिवर्तनकारी योद्धाको संघर्षपूर्ण कथामा आधारित छ । चलचित्रमा अभिनेता विराज भट्टका छोरा समीर भट्ट ‘परिवर्तनकारी पात्र ‘योद्धा’को भूमिकामा मुख्य रोलमा छन् ।

images

समीरले यही चलचित्रबाट अभिनय करिअरको सुरुवात गरेका थिए । यस चलचित्रमा उनी ‘एंग्री योङ म्यान’ को विशेषतासहित प्रस्तुत गरिएका छन् । साथै चलचित्रमा सोनु चन्द्रपाल, दिया मास्के, मुरलीधर, सानिशा भट्टराई, नरेन खड्का, सन्तोष सरकार, स्टन्ट सिल्भा, सुलेमान शंकर ‘इकु’, तारा शर्मा र रमेश खड्का लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। यसै चलचित्रमार्फत पूर्व मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सानिशा भट्टराईले पनि नेपाली चलचित्रमा डेब्यु गरेका छन् ।

 

images
images

प्रतिक्रिया दिनुहोस्