विराटनगर। सूर्यज्योति लाइफले १८औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। विराटनगरस्थित एक होटलमा कम्पनी अध्यक्ष केशव प्रसाद भट्टराईले अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको छ ।
साथै, सभाले आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तावित १३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) पारित गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा भएका खर्चहरूलाई अनुमोदन गरेको जनाएको छ।
कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले साधारणसभालाई सम्बोधन गर्दै कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू र नवीनतम सेवा लगाएत डिजिटल रूपान्तरणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कम्पनीको निरन्तर प्रगतिको श्रेय शेयरधनीहरूको विश्वास, ग्राहकहरूको साथ, अभिकर्ताहरुको मेहनत र कर्मचारीहरूको लगन भएको बताए ।
साधारणसभामा शेयरधनीहरूले कम्पनी प्रतिको आफ्नो विश्वास र आगामी दिनका लागि अपेक्षाहरू राखेका थिए । सभामा प्रस्तुत भएका सबै प्रस्तावहरू सर्वसम्मतिबाट पारित गरिएका छन। कम्पनीले आफ्नो सेवा गुणस्तरलाई अझ परिस्कृत र परिमार्जित गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाएको छ । कम्पनीको हाल चुक्ता पूजी ५०१ करोड, जीवन बीमा कोषमा ४,३८३ करोड, लगानी ४,८४५ करोड रुपैयाँ रहेको जनाएको छ । साथै, कम्पनीको नेटवर्थ ६ अर्ब ७४ करोड पुगेको छ ।
१ लाख ६ हजार अभिकर्ता संख्या रहेको कम्पनीमा ३५ लाख ८७ हजार बीमालेख संख्या र देशैभरि रहेका १७६ शाखा संजाल मार्फत आफ्ना बिमितहरुलाई कम्पनीले सेवा प्रदान गरिरहेको जनाएको छ।






कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्