images images
images images
images
images
images

एग्रीटेक एक्स्पोको दोस्रो दिन १७ हजार बढीले गरे अवलोकन

images

चितवन । चितवन प्रर्दशनी केन्द्रमा जारी आठौं एग्रीटेक एक्स्पोमा १७ हजार बढीले अवलोकन गरेका छन । एक्स्पोमा कृषक, उद्यमी, व्यवसायी, विद्यार्थी, अनुसन्धानकर्ताहरुले सहभागिता जनाएका हुन।

नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि.र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा एक्स्पो आयोजना गरिएको हो । मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले शनिबार एक्स्पोको दोस्रो दिन अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको बताए । ‘हिजो पहिलो दिनपनि एक्स्पोमा अवलोकनकर्ताको भीडनै थियो, प्रबन्ध निर्देशक भट्टराइले भन्नुभयो, आज झन बिहानै देखि भीड बढेको छ । बेलुका सम्म १७ हजार बढीले अवलोकन गर्नु भएको छ ।’

images

एक्स्पोमा कृषि तथा पशुपन्छीका नवीनतम प्रविधिहरु राखिएका छन् । साथै चितवनमै पहिलोपटक फेदी कम्पनीको ईभी ट्रक पनि प्रर्दशनमा राखिएको छ। प्रर्दशनमा ईभी ट्रकमा अवलोकनकर्ताको आकर्षण बढेको इभरग्रीन इनर्जी एण्ड इन्भेष्टमेन्ट प्रालीका निर्देशक सन्तोष प्रसाईंले जानकारी दिए । ‘नेपालमै हामीले ईभी ट्रक पहिलोपटक हामीले भित्र्याएका हौं’, प्रसाईले भने, ‘चितवनमा पनि यो ट्रकको विषयमा जानकारी लिने, बुकिङ र खरीद गर्ने आउनु भएको छ ।’ ईभी ट्रकले एकपटकको चार्जमा २६० किमी रेन्ज दिन्छ भने ६ टन भारवहन क्षमता रहेको छ । उनले भने, ‘यो ट्रक अन्य इन्धनबाट चल्ने ट्रक जस्तै जुनसुकै ठाउंँमा पनि जान्छ, उहांँले भन्नुभयो, यसले इन्धन ट्रकको भन्दा ७० प्रतिशत खर्च कम गर्छ ।’

प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ–बिजन, कृषि तालिम तथा वित्तीय समाधान सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने मिडिया स्पेसका प्रबन्ध निर्देशक भट्टराइले जानकारी दिए ।

तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टलहरूहरु राखिएका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्