images images
images images
images
images
images

टि२० विश्वकप : नेपाल इटालीसँग १० विकेटले पराजित

images

काठमाडाैं । आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा नेपाल १० विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय २३ रनको योगफल इटालीले १२.४ ओभरमै पुरा गरेको हो ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर एक सय २३ रन बनाएको थियो ।

images

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । यस्तै, रोहित पौडेलले २३ र आसिफ शेखले २० रन बनाए भने दीपेन्द्रसिंह ऐरी १७ रनमा आउट भए । करण केसी १८ रनमा अविजित रहे ।

इटालीका बलरमध्ये क्रिशान कालुगामागेले चार ओभरमा १८ रन दिँदै तीन विकेट लिए । यस्तै, बेन मानेन्टीले नौ रन खर्चेर दुई विकेट झारे भने जसप्रीत सिंह र जे जे स्मट्सले समान एक÷एक विकेट लिए ।

पावरप्लेमा नेपालले एक विकेट गुमाएर ४५ रन बनाएको थियो, तर मध्यक्रममा लगातार आउट भएपछि ठूलो स्कोर बनाउन सकेन । अब जितका लागि इटालीलाई २० ओभरमा १२४ रन आवश्यक छ । इटालीका दुई ओपर ब्याट्सम्यानले सहजै जित हात पारेका हुन् ।

images
images

प्रतिक्रिया दिनुहोस्