images images
images images
images
images
images

सात महिनामा ८ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

images

काठमाडौं । नेपालबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा ८ अर्ब ६१ करोड २० लाख रुपैयाँको अलैँची निर्यात भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा उक्त रकम बराबरको ४ हजार १५३ मेट्रिक टन अलैँची निर्यात भएको हो ।

यो निर्यात गत आवको सोहि अवधिको तुलनामा तीन अर्ब रुपैयााले बढी हो । गत आवको सोहि अवधिमा नेपालबाट ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको ३ हजार २८ मेट्रिक टन अलैँची निर्यात भएको थियो।

images

नेपालले दुवई, अस्ट्रेलीया, फ्रान्स, भारत, स्विटजरल्यान्ड र अमेरीका लगायत मुलुकमा अलैँची निर्यात गर्दै आएको छ। नेपालको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, संखुवासभा, भोजपुर, धनकुटा, दोलखा, काभ्रेपलाञ्चोकलगायत ३९ जिल्लामा अलैँची खेती हुँदै आएको छ । खोल्साको सुन भनेर चिनिने अलैँची, निर्यातजन्य बहुमूल्य मसला बाली हो।

images
images

प्रतिक्रिया दिनुहोस्