images images images
images images images
images
images
images

स्थानीय र विदेशमा रहेका नेपालीका लागि बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

images

काठमाडौं। बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबरको २० लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

कम्पनीले यसअन्तर्गत १० लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याएर बिक्री खुलाएको छ। त्यसमध्ये ५ लाख २० हजार कित्ता अति प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका–२, ३ र ४ का बासिन्दाका लागि, ३ लाख १२ हजार कित्ता वडा नं. ५, ६, ७ र ११ का बासिन्दाका लागि तथा २ लाख ८ हजार कित्ता सोलुखुम्बु जिल्लाका अन्य बासिन्दाका लागि छुट्याएको छ।

images

त्यस्तै, १ लाख ४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको कम्पनीले जनाएको छ । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

स्थानीयका लागि आवेदन चैत १५ गतेसम्म र ढिलोमा चैत ३० गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत ५ गतेसम्म र ढिलोमा चैत १५ गतेसम्म आवेदन दिन सकिनेछ। आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्