Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

इनिसा हत्य प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न मोर्चाको माग

इनिसा हत्य प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न मोर्चाको माग
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल दलित मुक्ति मोर्चाले बालिका इनिसा विक हत्याको निष्पक्ष अनुसन्धान गरी घटनाका दोषीलाई कानुन बमोजिम कारवाही गर्न सरकारसमक्ष माग गरेको छ । सङ्गठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई मन्त्रालयमा ज्ञापन–पत्र बुझाउदै घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याइ पीडित परिवारलाई न्याय दिन माग गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

साथै मोर्चाले घटनामा संलग्नलाई कारवाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै पीडित परिवारमा पर्न गएको भौतिक तथा मनोवैज्ञानिक क्षतिको मूल्याङ्कन गरी न्याय र उचित क्षतिपुर्तिको लागि माग गरेको छ । ज्ञापन–पत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए। उनले कुनैपनि प्रकारका आपराधिक घटना र अवान्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय गर्न सरकार जिम्मेवारीताका साथ लागि परेको बताए ।

२३ फागुनमा वीरेन्द्रनगर नगरपालिका– १ की १६ वर्षीया इनिशाको रहस्यमय मृत्यु भएको थियो। वीरेन्द्रनगर– ४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी इनिशालाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल लगिएकोमा सोही दिन अस्पतालले मृत घोषणा गरेको थियो ।

समग्र घटनाको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि क्रुरतापूर्वक हत्या भएको देखिएकोले उनको परिवारले न्याय पाउनुपर्ने मोर्चाले गृहमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ। उक्त प्रकरणको सत्यतथ्य पत्ता लगाउन प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit