images images images
images images images
images
images
images

इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक

images

काठमाडौं ।इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। अटोमोबाइल क्षेत्रमा लामो अनुभव बोकेको वैद्य अर्गनाइजेशनले उक्त ब्रान्डलाई नेपालमा भित्र्याएको हो।

images
images

कम्पनीले मोर्बिडेलीका विभिन्न मोडेलहरू सार्वजनिक गर्दै नेपाली राइडरहरूका लागि प्रिमियम सेग्मेन्टमा नयाँ विकल्प उपलब्ध गराएको जनाएको छ। सार्वजनिक गरिएका मोडेलमध्ये T502X को मूल्य १३ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ भने F352 र T352X को मूल्य समान रूपमा ९ लाख ९६ हजार ९०० रुपैयाँ राखिएको छ। यसैगरी T1002VX को मूल्य ४४ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ भने C252V को मूल्य ९ लाख ६९ हजार ९०० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ।

ग्राहक अनुभवलाई ध्यानमा राख्दै काठमाडौंको नक्सालमा नयाँ शोरूम सञ्चालनमा ल्याइएको छ, जहाँ ग्राहकहरूले प्रिमियम मोटरसाइकलको प्रत्यक्ष अनुभव लिन सक्नेछन्। साथै, कम्पनीले हाल तिनकुनेमा सर्भिस सेन्टर सञ्चालन गरिरहेको छ र निकट भविष्यमा उत्तरढोकामा थप सर्भिस सुविधा विस्तार गर्ने योजना पनि अघि सारेको छ।

प्रिमियम डिजाइन, शक्तिशाली इन्जिन र समृद्ध रेसिङ हेरिटेजका लागि परिचित मोर्बिडेलीले नेपाली बजारमा उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। करिब पाँच दशक लामो व्यावसायिक अनुभव बोकेको वैद्य अर्गनाइजेशनले नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वासिलो ब्रान्ड निर्माण गर्दै आएको छ र यसअघि प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरलाई नेपाली बजारमा सफलतापूर्वक स्थापित गरिसकेको छ।

images
images

प्रतिक्रिया दिनुहोस्