images images images
images images images
images
images
images

मुद्रास्थति विस्तार ६.७ प्रतिशतले बढ्यो, खुद वैदेशिक सम्पत्ति पनि उल्लेख्य रूपमा वृद्धि

images

काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को आठ महिनामा मुलुकको मौद्रिक सूचकहरूमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो । विस्तृत मुद्राप्रदाय, खुद वैदेशिक सम्पत्ति तथा तरलता व्यवस्थापनका पक्षमा मिश्रित प्रवृत्ति देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय ६.७ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धि ४.८ प्रतिशत मात्र थियो। वार्षिक विन्दुगत आधारमा २०८२ फागुन मसान्तसम्म विस्तृत मुद्राप्रदाय १४.५ प्रतिशतले बढेको छ ।
यसैगरी, समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफारनोक्सान समायोजित) रु। ६५८ अर्ब ३५ करोड अर्थात् २४.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो सम्पत्ति ३ खर्ब १० अर्ब ३७ करोड (१५.६ प्रतिशत) ले वृद्धि भएको थियो। यसले बाह्य क्षेत्र मजबुत बन्दै गएको देखाउँछ।

images
images

तर, अधिक तरलता नियन्त्रणका लागि नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार तथा ऋणपत्र जारी गरेर बजारबाट तरलता प्रशोचन गरेको छ।

यसको प्रभावस्वरूप समीक्षा अवधिमा सञ्चित मुद्रा १.० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष सोही अवधिमा सञ्चित मुद्रा ८.२ प्रतिशतले बढेको थियो।

 

images
images

प्रतिक्रिया दिनुहोस्