Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चालु खाता र शोधनान्तर स्थितिमा उल्लेख्य सुधार

चालु खाता र शोधनान्तर स्थितिमा उल्लेख्य सुधार
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको समीक्षा अवधिमा नेपालको बाह्य क्षेत्रका प्रमुख सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिना वित्तीय विवरणमा चालु खाता, शोधनान्तर स्थिति तथा वैदेशिक लगानी सबैमा वृद्धि भएको तथ्यांकले अर्थतन्त्रमा सकारात्मक संकेत दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

समीक्षा अवधिमा चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोडले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत १ खर्ब ९७ अर्ब ३ करोड मात्र थियो। अमेरिकी डलरमा पनि चालु खातामा सुधार देखिएको छ। अघिल्लो वर्ष १ अर्ब ४६ करोड डलर बचतमा रहेको चालु खाता यस वर्ष ३ अर्ब ८८ करोड डलरले बचतमा पुगेको छ।

यसैगरी, समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १२ अर्ब ५९ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब ४१ करोड थियो।

प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि वृद्धि देखिएको छ। समीक्षा अवधिमा इक्विटीमार्फत १० अर्ब ८४ करोड बराबरको एफडीआई भित्रिएको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा रु। ८ अर्ब ४७ करोड थियो।

शोधनान्तर स्थिति पनि उल्लेखनीय रूपमा सुधारिएको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति ६५८ अर्ब ३५ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो बचत ३१० अर्ब ३७ करोड थियो। अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्ष २ अर्ब २९ करोड डलर बचतमा रहेको शोधनान्तर स्थिति यस वर्ष ४ अर्ब ६१ करोड डलर पुगेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit