काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सरकारलाई जनताप्रति उत्तरदायी बन्न र सुशासन कायम गर्न आग्रह गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकार जनताप्रति जिम्मेवार भएर मुलुकको समृद्धिका लागि काम गर्नुपर्ने बताए।
उनले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिँदै लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित शासन आवश्यक रहेको उल्लेख गरे। “व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था अपेक्षाअनुसार सुधार हुन सकेको छैन,” उनले भने। साथै सबै भ्रष्टाचारका फाइल खोलिनुपर्ने र दोषीलाई कारबाही गरिनुपर्ने उनको माग छ।
शाहीले निर्मला पन्त र इनिशा विकजस्ता घटनाका पीडितले समयमै न्याय पाउनुपर्ने तथा युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए। उनले गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने र कर्णाली प्रदेशमा विकासको गति बढाउन सरकारलाई आग्रह गरे।
यसैबीच स्वतन्त्र सांसद महावीर पुनले विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्नेमा जोड दिए। उनले शैक्षिक गुणस्तर सुधार, विज्ञान तथा प्रविधिको प्रवर्द्धन र युवालाई स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने बताए।
सांसद पुनले विद्यालय शिक्षा र प्राविधिक शिक्षा क्षेत्रमा बढ्दो राजनीतिक हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै सुधारका लागि नीतिगत परिवर्तन आवश्यक रहेको उल्लेख गरे।







कर्पोरेट समाचार 


















प्रतिक्रिया दिनुहोस्