images images images
images images images
images
images
images

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

images

मकवानपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई)  अन्तर्गत अङ्ग्रेजी विषयको उत्तरपुस्तिका (कपी) जाँच कार्य मकवानपुरमा सुरु गरिएको छ ।

जिल्लाका २८ वटा परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएसँगै कपी जाँचको प्रक्रिया अघि बढाइएको हो ।शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख बसन्त अधिकारीका अनुसार जिल्लाभित्रका २० वटा विद्यालयमा कपी जाँच गर्ने व्यवस्था मिलाइएको छ । उनले कपी जाँच कार्यलाई व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन आवश्यक जनशक्ति परिचालन गरिएको जानकारी दिए ।

images
images

‘विद्यार्थीको मेहनत र भविष्यसँग जोडिएको विषय भएकाले कपी जाँचमा कुनै किसिमको लापरबाही हुन नदिन विशेष ध्यान दिएका छौं,’ प्रमुख अधिकारीले भने, ‘सम्बन्धित विषयका दक्ष शिक्षकहरूलाई परिचालन गरी मापदण्डअनुसार कपी जाँच भइरहेको छ ।’कपी जाँच कार्यलाई समयमै सम्पन्न गरी निर्धारित अवधिभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखिएको उनले बताए । यसका लागि जाँचकर्तालाई आवश्यक निर्देशन दिइएको र अनुगमनसमेत तीव्र पारिएको जनाइएको छ ।

यस वर्ष मकवानपुर जिल्लामा एसईई परीक्षामा उल्लेख्य सङ्ख्यामा विद्यार्थी सहभागी भएका थिए । परीक्षा केन्द्रहरूमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएकाले परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको शिक्षा शाखाले जनाएको छ ।

कपी जाँच सुरु भएसँगै विद्यार्थी तथा अभिभावकमा नतिजाप्रति चासो बढेको छ । शिक्षा कार्यालयले भने निष्पक्ष र गुणस्तरीय मूल्याङ्कनमार्फत यथार्थपरक नतिजा सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्