Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पर्यटकको रोजाइमा बन्दै ‘पुरन्धरा झरना’

पर्यटकको रोजाइमा बन्दै ‘पुरन्धरा झरना’
विज्ञापन
Advertisement

दाङ । पश्चिम दाङको बबई गाउँपालिकामा अवस्थित ‘पुरन्धरा झरना’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। झरनासम्म पुग्ने पक्की बाटो निर्माण भएपछि दैनिक दुई सयदेखि तीन सयसम्म पर्यटक पुग्न थालेका छन् भने बिदा र शनिबार यो संख्या पाँच सयसम्म पुग्ने गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

करिब ४५ फिट उचाइबाट खस्ने झरनाको मनमोहक दृश्य, तल बनेको पोखरी र नजिकै बग्ने बबई नदीले पर्यटकलाई लोभ्याउने गरेको छ। गर्मी बढेसँगै यहाँ पौडी खेल्ने र वनभोज गर्नेहरूको चहलपहल पनि बढेको छ।

स्थानीय प्रशासनका अनुसार झरनामा आउने पर्यटकबाट सवारीसाधन पार्किङ शुल्क संकलन गरिन्छ, जसले स्थानीय तहलाई आम्दानीमा सहयोग पुर्‍याएको छ।

झरनाको संरक्षण र विकासका लागि पूर्वाधार निर्माण, शौचालय, चमेना गृहलगायत सुविधा विस्तार आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

यस क्षेत्रलाई अझ व्यवस्थित बनाउन सके पश्चिम दाङकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने विश्वास गरिएको छ। बबई गाउँपालिकाले गुरुयोजना अनुसार पूर्वाधार विकासलाई प्राथमिकता दिँदै काम अगाडि बढाएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit