काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले सञ्चालन गरेको ‘एनआइबिएल सहभागिता फण्ड’ सबैभन्दा ठूलो म्युचुअल फण्ड बनेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएसँगै यस खुलामुखी योजनाको आकार १० अर्ब रुपैयाँ (१ अर्ब इकाई) पुगेको कम्पनीले जनाएको छ।
यसअघि ६ अर्ब रुपैयाँ आकार रहेको यस फण्डको इकाई बीज पुँजी सम्बन्धी प्राविधिक कारणले विगत केही समयदेखि लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा जम्मा हुन सकेको थिएन। धितोपत्र बोर्डको अन्तिम स्वीकृतिपछि उक्त समस्या समाधान भई बाँकी रहेका सम्पूर्ण इकाईहरु लगानीकर्ताको खातामा सफलपूर्वक पठाइएको क्यापिटलले जनाएको छ।
यो सँगै हाल सञ्चालनमा रहेका ४३ वटा बन्दमुखी र १३ वटा खुलामुखी म्युचुअल फण्डहरुमध्ये ‘एनआइबिएल सहभागिता फण्ड’ आकारका हिसाबले सबैभन्दा ठूलो फण्ड बन्न सफल भएको छ।
यस फण्डले लगानीकर्ताको रकमलाई इक्विटी (शेयर), डिबेन्चर, मुद्दती निक्षेप र ट्रेजरी बिल जस्ता स्थिर आय आर्जन हुने क्षेत्रमा लगानी गरी सुरक्षित प्रतिफल प्रदान गर्दै आएको छ। योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटलले इकाईहरु डिम्याट खातामा क्रेडिट हुन गएको ढिलाइप्रति लगानीकर्तासँग क्षमा मागेको छ। अब लगानीकर्ताहरुले आफ्नो ‘मेरो शेयर’ लग–इन गरी खरिद गरिएको इकाईहरु खातामा जम्मा भएरनभएको पुष्टि गर्न सक्नेछन्।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्