images images images
images images images
images
images
images

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, कति मूल्यमा हुदैछ कारोबार ?    

images

काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य बढेको छ भने चाँदीको मोल घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ८५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी मूल्य रु चार हजार ९६० कायम भएको छ ।

images
images

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार २५ रुपैयाँ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ३०० र त्यति नै परिमाणको चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्