Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा
विज्ञापन
Advertisement

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार रुपैयाँ भित्र्याएको छ । पालिकाभर दुई हजार ६५० किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट उक्त रकम भित्रिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख ऐनबहादुर कार्कीका अनुसार यस वर्ष पालिकाभर १५ हजार ९०० क्विन्टल अदुवा उत्पादन भएको थियो । अदुवा खेती गर्ने दुई हजार ६५० घरधुरीमध्ये प्रत्येक किसानले करिब दुई रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आएका छन् । पालिकाभर पाँच हजार ३०० रोपनीमा अदुवा उत्पादन भइरहेको छ । एक रोपनी जमिनमा करिब तीन क्विन्टलसम्म अदुवा उत्पादन हुने गरेको उनको भनाइ छ ।

प्रत्येक किसानले गाउँबाटै प्रतिक्विन्टल ३ हजार ५ सय रुपैयाँमा अदुवा बिक्री गरेको शाखा प्रमुख कार्कीले बताए । व्यापारी अदुवा खरिद गर्न गाउँमै आउने गरेका छन् । व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका त्रिवेणी–४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट एक लाख रुपैयाँ आम्दानी गरेको बताए । विगत २२ वर्षदेखि उनी निरन्तर अदुवा खेतीमा संलग्न छन् । यस वर्ष उत्पादन भएकोमध्ये साढे तीन क्विन्टल बीउका लागि राखेको उनले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit