Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एसइई परीक्षा अनिवार्य नेपाली विषयमा एक सय ३८ विद्यार्थी अनुपस्थित

एसइई परीक्षा अनिवार्य नेपाली विषयमा एक सय ३८ विद्यार्थी अनुपस्थित
विज्ञापन
Advertisement

बागमती । माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आज दोस्रो दिन अनिवार्य नेपाली विषयमा मकवानपुरमा एक सय ३८ जना विद्यार्थी अनुपस्थित भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शिक्षा विकास तथा समन्वय एकाइ मकवानपुरका प्रमुख सुदीप गिरीका अनुसार आज दोस्रो दिनको एसइई परीक्षामा साधारणतर्फ ७१, प्राविधिकतर्फका छ र ग्रेडवृद्धितर्फ ६२ जना विद्यार्थी अनुस्थित भएका छन् ।

अनिवार्य नेपाली विषयको परीक्षामा साधारणतर्फ पाँच हजार चार सय ७१, प्राविधिकधार तर्फ दुई सय २० र ग्रेडवृद्धितर्फ एक सय ८५ गरी पाँच हजार आठ सय ७६ जना परीक्षार्थीले परीक्षा दिएको प्रमुख गिरीले बताए। सामुदायिक तथा संस्थागत गरी एक सय ३९ विद्यालयबाट एसइईका लागि सात हजार चार सय ८१ विद्यार्थीले फारम भरेका थिए ।

मकवानपुरमा यस वर्ष २८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छभने २८ वटा केन्दाध्यक्ष, ५१ जना सहायक केन्दाध्यक्ष, तीन सय ७४ निरीक्षक, ७६ परीक्षा सहायक र एक सय ५० कार्यालय सहयोगी र चार सय २० जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख गिरीले बताए ।

कारागारबाटै एसइईको परीक्षा दिँदै कैदीबन्दी

मकवानपुरको भिमफेदीस्थित कारागारमा छ जना कैदीबन्दी यस वर्षको एसइईमा सहभागी भएका छन् । कारागारमा रहेका सवारी ज्यान, जबर्जस्ती करणी, डाका, चोरी र लागुऔषध मुद्दामा कैदीबन्दी जीवन बिताइरहेका छ जना एसइई परीक्षामा सहभागी भएको जेलर तीर्थराज पौडेलले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविबाट एसइई परीक्षाको फारम भरेका कैदीबन्दीलाई कारागारभित्रै परीक्षा दिने बताए । प्रश्नपत्र र उत्तरपुस्तिका लिएर शिक्षक आउने र परीक्षा लिएर फर्किने गरेको जेलर पौडेलको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit