Advertisement
Advertisement
Corporate Samachar
२४ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने सहमति, तीन महत्वपूर्ण सहकार्य घोषणा

नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने सहमति, तीन महत्वपूर्ण सहकार्य घोषणा
विज्ञापन
Advertisement

काठमाडौं।नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले भारतका परराष्ट्र मन्त्री डा. एस. जयशंकरसँग नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता गरेका छन्। शुक्रबारदेखि भारत भ्रमणमा रहेका खनाल र भारतबीच तीन बुँदे सहमती भएको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल दूतावास, नयाँ दिल्लीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भेटमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामहरूमा व्यापक तथा फलदायी छलफल गरेका थिए।

व्यापार तथा आर्थिक सहयोग, सीमा पार कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन र खेलकुदसहित जनस्तरको सम्बन्ध विस्तारजस्ता विषयहरूमा गहन छलफल भएको विज्ञप्तिमा उल्लेख छ।

दुवै देशले आपसी साझेदारीलाई अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्याउँदै विकास साझेदारी, कनेक्टिभिटी विस्तार र प्राथमिकताका क्षेत्रहरूमा सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति जनाएका छन्।

भेटवार्तामा हाल जारी द्विपक्षीय परियोजना तथा सहकार्यहरूको प्रगति समीक्षा गरिएको थियो भने क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सरोकारका विषयमा पनि विचार आदानप्रदान गरिएको जनाइएको छ।
यी हुन् सहमति बुँदा
१. एनसीएचएल (NCHL) र एनपीसीआई (NPCI) बीच सन् २०२३ जुनमा भएको समझदारीपत्र (MoU) अन्तर्गत पी२पी क्रस-बोर्डर भुक्तानी प्रणालीलाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने सहमति।
२. भारतको विकास सहायताअन्तर्गत नेपालमा निर्माण गरिएका ७२ वटा स्वास्थ्य क्षेत्र र १२ वटा सांस्कृतिक क्षेत्रका भूकम्पपछिका पुनर्निर्माण परियोजनाहरू हस्तान्तरण गरिने।
३. काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर तथा एआई केन्द्र र भारतको डिजिटल इन्डिया ‘भाषिणी’ डिभिजनबीच सहकार्य सम्बन्धी समझदारीपत्र आदान–प्रदान। यस अन्तर्गत “भ्वाइस–फर्स्ट” भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सह-निर्माण गरिने।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit