काठमाडौं। नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्य, आर्थिक विधेयक, कर, राजस्व, भन्सार तथा एमआरपी सम्बन्धी छलफल एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख प्रस्तुतकर्ता चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालले नयाँ बजेटमार्फत प्रस्तावित कर तथा राजस्व नीति, भन्सार दरका परिवर्तन र आर्थिक ऐनका प्रमुख व्यवस्थाहरूबारे विस्तृत प्रस्तुतीकरण दिएका थिए ।
उनले नयाँ प्रावधानहरूले उद्योग–व्यवसाय क्षेत्रमा पार्ने प्रभाव, अवसर र चुनौतीहरूबारे सहभागीहरूलाई प्रष्ट पारे । छलफलका क्रममा कर प्रणालीलाई सरल, पारदर्शी र व्यवसायमैत्री बनाउन कर प्रशासनको डिजिटलाइजेसन, झन्झटमुक्त सेवा प्रवाह, लगानीमैत्री वातावरण र कर विवाद समाधान जस्ता विषयमा जोड दिइएको थियो।
कार्यक्रममा उपस्थित उद्योगी तथा व्यवसायीहरूले बजेटका विभिन्न पक्षबारे आफ्ना जिज्ञासा र सुझावहरू राख्दै प्रत्यक्ष अन्तरक्रिया समेत गरेको आयोजकले जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्