Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नयाँ मन्त्रीहरूको शपथको तयारीबारे राष्ट्रपति कार्यालय भन्छ–‘हामीलाई चिठ्ठी नै आएको छैन’

नयाँ मन्त्रीहरूको शपथको तयारीबारे राष्ट्रपति कार्यालय भन्छ–‘हामीलाई चिठ्ठी नै आएको छैन’
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री कार्यालयले निवर्तमान गृहमन्त्री सुधन गुरुङको आजै शपथ गराउने तयारी गरिरहेको विवरणहरू सार्वजनिक भए पनि राष्ट्रपति कार्यालयले भने यसबारे कुनै औपचारिक पत्र प्राप्त नभएको प्रस्ट पारेको छ ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार राष्ट्रपति कार्यालयका सहसचिव एवं प्रवक्ता रितेशकुमार शाक्यले गृहमन्त्रीको शपथका लागि प्रधानमन्त्री कार्यालयबाट कुनै औपचारिक पत्र नआएको र शीतल निवासमा शपथको कुनै तयारी नभएको जानकारी दिएका हुन् ।

प्रवक्ता शाक्यले भने, ‘हामीलाई गृहमन्त्री र नयाँ मन्त्रीलाई शपथ गराउने बारे प्रधानमन्त्री कार्यालयबाट दिनको १ बजेसम्म कुनै पत्र आएको छैन ।’ ३ बजे शपथको चर्चा छनि भन्ने कर्पोरेट समाचारको प्रश्नमा प्रवक्ता शाक्यले भने, ‘ पत्र नआएकाले हामीले कुनै तयारी पनि गरेका छैनौं ।’

यसअघि, प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्री र स्वतन्त्र सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको र उनीहरूको शपथ आजै दिउँसो ३ बजे हुने तयारी रहेको विवरणहरू बाहिरिएका थिए । तर, राष्ट्रपति कार्यालयले आधिकारिक रूपमा पत्र नआएसम्म शपथको कुनै कार्यक्रम तय नभएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit