Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

२५ अत्यावश्यक सेवा क्षेत्रमा हड्ताल निषेध, अब कर्मचारीले सेवा अवरुद्ध गरे कारबाही हुने

२५ अत्यावश्यक सेवा क्षेत्रमा हड्ताल निषेध, अब कर्मचारीले सेवा अवरुद्ध गरे कारबाही हुने
विज्ञापन
Advertisement

काठमाडौं। गृह मन्त्रालयले ‘ विभिन्न २५ वटा क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा राख्दै उक्त क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन, २०१४’ को दफा ३ (१) बमोजिम विभिन्न २५ वटा क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा राखेको छ। सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले यी क्षेत्रहरूमा कुनै पनि बहानामा हड्ताल वा आन्दोलन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको हो।

अत्यावश्यक घोषित मुख्य क्षेत्रहरूमा सञ्चार र प्रविधि : डाँक, टेलिफोन, सरकारी छापाखाना, इन्टरनेट, राहदानी र कन्सुलर सेवा, यातायात र ढुवानी : जल, स्थल वा हवाई यात्रु तथा मालसामान ओसारपसार, हवाई अड्डा तथा जहाज मर्मत, र रेलवे तथा सरकारी गोदाम रहेका छन् ।

यसैगरी, स्वास्थ्य र सुरक्षातर्फ : अस्पताल, स्वास्थ्य केन्द्र, एम्बुलेन्स, औषधि निर्माणरबिक्री, मास्क, सेनिटाइजर, र आन्तरिक सुरक्षा तथा रक्षा व्यवस्था, दैनिक उपभोग्य वस्तु र ऊर्जातर्फ : पेट्रोलियम पदार्थ (एलपी ग्याससहित), दाल, चामल, नुन, तेलको ढुवानीरवितरण, र खानेपानी रहेका छन् ।

वित्तीय, पूर्वाधार र अन्य तर्फ पनि सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ। जसमा बैंकिङ, बिमा, विद्युत, फोहोरमैला व्यवस्थापन, पर्यटन आवास (होटल/रिसोर्ट), बाढी पूर्वानुमान, र पशु चिकित्सा सेवा रहेका छन् ।

यो आदेश राजपत्रमा प्रकाशन भएसँगै तत्काल लागू भइसकेको छ। अब यी २५ क्षेत्रका कर्मचारी वा युनियनले सेवा अवरुद्ध गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit