images images
images images
images

अमेरिकी कर वृद्धिको कुनै अर्थ छैन :  प्रवक्ता जियान

images
images
images

काठमाडौं । चीनले बिहीबार अमेरिकी कर वृद्धि गर्नुको कुनै अर्थ नरहेको बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनबाट आउने केही वस्तुमा अमेरिकाले लगाएको २४५ प्रतिशतको उच्च कर आर्थिकरूपमा अर्थहीन भएको उनले बताए ।

images
images

ह्वाइट हाउसले अप्रिल १५ मा आफ्नो वेबसाइटमा धारा २३२ को अनुसन्धानको बारेमा एक तथ्य पत्र जारी गर्दै ‘चीनले आफ्नो प्रतिशोधात्मक कार्यको परिणामस्वरूप संयुक्त राज्य अमेरिकामा आयातमा २४५ प्रतिशतसम्म करको सामना गरिरहेको’ जनाएको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘संयुक्त राज्य अमेरिकाले चीनमाथि कर वृद्धि गर्नु एक सङ्ख्याको खेल बनेको छ, जसले आर्थिक रूपमा अब धेरै वास्तविक फरक पार्दैन तर अमेरिकाले कसरी अरूलाई जबरजस्ती र धम्काउन करलाई हतियार बनाउँछ भन्ने देखाउँछ ।’

‘चीन व्यापार युद्ध चाहँदैन तर हामी उनीहरूसँग पनि डराएका छैनौँ,’ उनले भने । “आधारहीन अतिरिक्त कर र व्यापार युद्धले कुनै पनि मुलुक विजेता हुँदैनन्,’ जियानले भने ।

उनले अमेरिकाले चीनको अधिकार र हितमा क्षति पुर्याइरह्यो भने चीनले त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिए । ‘यदि अमेरिकाले कर वृद्धिको साथ यो सङ्ख्याको खेल खेल्दै गयो भने, यसलाई बेवास्ता गरिनेछ। तर यदि अमेरिकाले चीनको अधिकार र हितमा वास्तविक क्षति पुर्याइरह्यो भने चीनले कडा प्रतिकार गर्नेछ र अन्त्यसम्म आफ्नो अडानमा अडिग रहनेछ,’ उनले भने ।

images
images

प्रतिक्रिया दिनुहोस्