Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

११ महिनामा विदेश व्यापार १८.८० प्रतिशतले वृद्धि, निर्यातमा ७७ प्रतिशतको छलाङ

११ महिनामा विदेश व्यापार १८.८० प्रतिशतले वृद्धि, निर्यातमा ७७ प्रतिशतको  छलाङ
विज्ञापन
Advertisement

काठमाडौं ।चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो ११ महिनामा नेपालले आफ्नो विदेशी व्यापारमा उल्लेखनीय वृद्धि गरेको छ। यो अवधिमा देशको कुल विदेश व्यापार १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँको तुलनामा १८.८० प्रतिशतले बढी हो।

विज्ञापन
Advertisement
Advertisement

यो अवधिमा सबैभन्दा ठूलो सुधार निर्याततर्फ देखिएको छ। अघिल्लो वर्षको पहिलो ११ महिनामा १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु विदेश पठाइएकामा यो वर्ष सोही अवधिमा निर्यात २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। निर्यातमा ७७.७७ प्रतिशतको वृद्धिले व्यापार घाटा न्यूनीकरणमा केही सहयोग पुगेको देखिन्छ। यद्यपि व्यापार घाटा अझै पनि उच्च नै रहेको छ। चालु आवको ११ महिनामा व्यापार घाटा १३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.३० प्रतिशतले बढी हो।

आयाततर्फ पनि वृद्धि देखिएको छ। अघिल्लो वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब रुपैयाँको वस्तु नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा आयात १६ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। आयात वृद्धिको दर १३.१५ प्रतिशत रहेको छ। यद्यपि निर्यातको हिस्सा कुल व्यापारमा बढेर १३.०८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ८.७४ प्रतिशत मात्र थियो। यसले नेपालले आयातमूखी संरचनाबाट विस्तारै बाहिरिने संकेत दिएको देखिन्छ।

आयात र निर्यातको अनुपात पनि अघिल्लो वर्षको तुलनामा घटेको छ। अघिल्लो वर्ष १०.४४ को अनुपातमा आयात भइरहेकोमा यस वर्ष त्यो अनुपात ६.६४ मा झरेको छ। यता कुल व्यापारमा आयातको हिस्सा भने ९१.२६ प्रतिशतबाट घटेर ८६.९२ प्रतिशतमा झरेको छ। यो सकारात्मक संकेत भए पनि समग्र व्यापार सन्तुलन अझै पनि गहिरो घाटामै रहेको तथ्य भने यथावत् छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit