images images images
images images images
images
images
images

२५९८ विन्दुमा आइपुग्यो नेप्से

images

काठमाडाैं । नेप्से इन्डेक्स २ हजार ५९८.४४ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक यो दिन नेप्से परिसूचक ४.४५ अंकले घटेको हाे । नेप्से निरन्तर घट्दा लगानीकर्ता प्यानिक अबस्थामा पुगेका छन् । एकपछि अर्कोगर्दै बजारमा गिरावट आइरहेको छ । मौद्रिक नीतिको सम्मुखमा भएको अबस्थामा पनि बजार घटेपछि लगानीकर्ताको ध्यान मौद्रिक नीति तर्फ देखिएकोछ अर्को भनेको यो समय अहिले क्लाजिङको समय हो, लगानीकर्तालाई ब्याज तिर्नुपर्ने चटारो यतिबेला छ ।

त्यसले गर्दा पनि शेयर बजार अहिले घटेको हुन सक्ने लगानीकर्ताको विश्लेषण छ । यो दिन ३०६ कम्पनीको ७ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा बुटवल पावर कमपनी रहेको छ भने दोस्रो कम्पनीमा राधिविद्युत कम्पनी रहेको छ ।

images
images

त्यस्तै, न्यादी ग्रुप पावर, सिंगटी हाइड्रो इनर्जी,बरुण हाइड्रो कम्पनी रहेको छ । यो दिन कारोबारमा आएका १३ वटै समूहको सूचकमध्ये ९ वटा समूहको सूचक घटेको छ । घटेका सबै सूचक सामान्य अंकले गिरावट आएको हो । विकास बैंक, जलविद्युत, माइक्रोफाइनान्स, म्यूचुअल फण्ड समूहको सूचक सामान्य अंकले बढेको छ ।

घटेको बजारमा पनि ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रो कम्पनी, पिपुल्स हाइड्रो कम्पनी, सुपरमादी हाइड्रो कम्पनीको शेयर मूल्य ६.८४ प्रतिशतदेखि ९.१८ प्रतिशतले बढेको छ ।

घटेको अंकमा रिलायबल समेद्धि योजना, ओम मेघाश्री फार्मास्यूटिकल्स, पियोर इनर्जी, जोशी हाइड्रो पावर कम्पनीको शेयर मूल्य ४.४५ प्रतिशतदेखि ९.३० प्रतिशतले घटेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्