
काठमाडाैं । खेललाई व्यवसायिकरण गर्नुपर्छ त्यसपछि मात्र खेलाडीहरुले खेलबाट नै सुनिश्चित भविष्यको परिकल्पना गर्न सक्छन् भन्ने मान्यता राख्छन्, सगुन थापा मगर ।
बाल्यवस्थामा फुटबलमा लगाव रहेका मगरले जिल्लाबाट माथि उठ्न नसक्दाको पीडा मनमा गडेर रहेको बताउँछन् । सानै उमेरबाट परिवारको बोझ धान्नुपर्ने बाध्यता आइलागेपछि पुर्खाैली पेशालाई सम्हाल्नु पर्दा आफ्नो रुचीलाई बिचमै छाड्नुपरेको थियो । फुटबल खेलेर परिवारलाई उत्कृष्ट जीवनयापन गराउन सकिदैन भन्ने सोच परिवारमा थियो त्यहि कारणले उनले आफ्नो लगावलाई छाडेर व्यवसायमा हानिनुपर्ने थियो ।
तर, आफ्नो भित्री इच्छा कहिल्यै पनि नमर्ने रहेछ । उनी सुनाउँछन्, ‘व्यवसायसँग सँगै राजनीतिमा पाइला हाले त्यसपछि समयले दोहो¥याउदै फेरी पुनः खेल क्षेत्रको बिधामा ल्याएर मिलन गरायो ।’ नेपाल खेलकुद महासंघको केन्द्रिय सचिवालय सदस्य एवं धादिङ जिल्ला इन्चार्जको जिम्मेवारी ग्रहण गरेपछि खेलप्रतिको उनकोे हुटहुटी पुनः जागेर आयो ।
उनी भन्छन्, ‘म अहिले आफैं खेल खेलेर अघि बढ्न नसकेपनि म जस्तै खेलप्रति रुची भएकाहरुलाई जगेर्ना गर्न पाए भने आफू सफल हुन्छु भन्ने सोच म मा पलायो ।’ उनले एक वर्षअघि एलिसन स्पोर्टस् प्रा.लि.नामक कम्पनी स्थापना गरेर विभिन्न खेलका प्रतियोगिता आयोजना गरेका छन् । यसैगरी आगामी योजना एकेडेमी सञ्चालन गर्ने तयारीमा छन् । यो अन्तरालमा उनले ३ वटा फुटसल टुर्नामेण्ट सफलतापूर्वक सम्पन्न गरेका छन् । यसैगरी यहि भाद्र २६ गते हुने ‘दोस्रो महिला फुटसल
च्याम्पियनसिप–२०८२’ को सन्दर्भमा उनीसँग कर्पोरेट समाचारले गरेको कुराकानीका अंशः
दोस्रो महिला फुटसल च्याम्पियनसिप–२०८२ को तयारी कस्तो भइरहेको छ ?
तयारी गरिरहेका छौं । हामीले नेपालभरबाटै खेलाडीहरुलाई सहभागिता गराउने उद्देश्य राखेका छौं । यसभन्दा अगाडी पनि रामेछापबाट, खोटाङ, सुनसरी, काभ्रे, ओखलढुंगालगायतका जिल्लाबाट टिमहरु सहभागी भएको थियो । विभिन्न माध्यमबाट देशभरकै महिला टिमहरुलाई आह्वान गरेका छौं । पहिलो प्रतियोगितामा २० टिम सहभागी थियो । यसपटक कम्तिमा ३२ टिमको अपेक्षा गरेका छौं । सबैभन्दा ठूलो अस्त्र आर्थिक नै रहेछ त्यसका लागि पनि हामीले विभिन्न संघ संस्थाहरु र खेलप्रेमी व्यक्तित्वहरुसँग समन्वय गरिरहेका छौं ।
महिला कै प्रतियोगिताको आयोजना किन गर्न लाग्नु भएको हो ?
महिलाहरुको प्रतियोगिताहरु कमै मात्रामा आयोजना हुने गर्दछ । फुटबलमा लगाव राख्ने महिलाहरु प्रतियोगितामा भाग लिन नपाउदा उहाँहरुले आफ्नो क्षमता प्रस्फुटन गर्ने अवसर पाउनु भएको छैन । यसैले हाम्रो विशेष फोकस नै उहाँहरुलाई खोजी गरेर अवसर दिने हो । पछिल्लो समय राष्ट्रिय महिला टिमको प्रस्तुती राम्रो भएको छ । यसबाट अहिलेका नव जेनेरेसनहरु पनि फुटबलप्रति आकर्षित हुनुभइरहेको छ । यसैले त्यो लेभलमा पुग्नका लागि यो एउटा प्लेटफर्म बन्न सकोस् भन्ने हेतुले महिलाको प्रतियोगिता आयोजना गरिरहेका छौं । यस प्रतियोगिताको राम्रो पक्ष भनेको हामीले प्रतिष्पर्धीलाई २ भागमा विभाजन गरेका छौं । सिनियर र जुनियर । सिनियरमा खुल्ला उमेर समूहका महिलाहरुले टिम बनाएर भाग लिन पाउनुहुनेछ भने जुनियरमा १६ वर्षभन्दा मुनिका बालिकाहरुले टिम बनाएर भाग लिन सक्नुहुनेछ । सबै उमेर समूहकाहरुलाई समेट्ने नै हाम्रो मुख्य उद्देश्य हो ।
यस प्रतियोगितामा सहभागी हुन के गर्नुपर्छ ?
प्रतियोगितामा सहभागी हुनका लागि फुटसल टिम बनाउनुपर्छ । जसका लागि एउटा टिममा ५+३ खेलाडी, १ जना टिम मेनेजर र १ जना टिम कोच गरी १० जनाको समूह बनाउनुपर्दछ । सिनियरतर्फको टिमले ५ हजार ५ सय र जुनियरतर्फको टिमले ३ हजार टिम दर्ता शुल्क बुझाएर फर्म भरी रजिष्ट्रेसन गर्नुपर्दछ । यसैगरी जुनियरतर्फका खेलाडीहरुको उमेर खुल्ने कागजात बुझाएपछि मात्र उहाँहरुलाई टाइसिटमा सहभागी गराउने छौं । रजिष्ट्रेसन यहि भाद्र २४ गते मंगलबार दिउसो ११ बजेसम्म गरिसक्नुपर्नेछ । यसका लागि हामीले अनलाइन फाराम बनाएका छौं । अनलाईनमार्फत फाराम भरेर उहाँहरुले प्रतियोगितामा सहभागी हुन सक्नुहुन्छ ।
यस प्रतियोगितामा विशेष केही छ ?
महिलाहरुको टुर्नामेण्ट पुरुषहरुको तुलनामा एकदमै कम आयोजना हुन्छ । यो कार्यक्रम गर्नु नै विशेष हो जस्तो मलाइ लाग्छ । यसैगरी यसभन्दा अघिको टुर्नामेण्टमा फरक क्षमता भएको २ टिम सहभागी हुनुभएको थियो । एसडिएफसी टिम र इन्गेज डेफ टिम नामक टिमहरु । यसपटक पनि उहाँहरु लगायत अरु टिमले पनि सम्पर्क गरिरहनु भएको छ । उहाँहरुलाई पनि यस प्रतियोगितामा जोडेर लैजानु पाउदा हर्षित छु ।
यस कार्यक्रमको थिम ‘She WinsÚ ’ भनेर विभिन्न पोष्टरहरु देखेको थिए । त्यसको बारेमा बताइदिनुस् न ?
हामीले खेलाडीहरुको मनोभावना बढाउनका लागि ‘क्जभ ध्ष्लक’ ट्यागलाइन जोडेका हौं । यसको मतलब उनीे जित्छिन् । पक्कै पनि प्रतियोगितामा हारजीत हुन्छ । तर, यो थिमको आशय प्रतियोगितामा विजय प्राप्त गर्नु मात्र ध्ष्लक हुनु होइन । मैदानमा आएर सहभागिता जनाउनु पनि जित्नु हो । यसैगरी यस प्रतियोगितामा भाग लिने सबै She WinsÚ हुनुहुन्छ ।
अन्त्यमा केही छ भन्नुपर्ने वा छुटेका कुराहरु ?
‘प्रथम महिला फुटसल च्याम्पियनसिप–२०८१’ लाई हजुरहरुले माया गरेर जसरी सफलतापूर्वक सम्पन्न भएको थियो । त्यसरी नै यो दोस्रो संस्करण पनि सम्पन्न गराउन क्लब, खेलाडी, स्पोन्सर, शुभचिन्तक, सहयोगी टिमहरुलाई अनुरोध गर्न चाहन्छु । यसैगरी यहि २०८२ भाद्र २६ गते पेप्पीकोला टाउनप्लानिङको रोयल नेपाल फुटसलमा आयोजना हुने दोस्रो फुटसल च्याम्पियनसिप २०८२ मा आएर खेल हेरी खेलाडीहरुको मनोबल बढाइ दिनुहुनका लागि पनि म सम्पूर्ण खेलप्रेमी महानुभावज्यूहरुलाई हार्दिक निमन्त्रणा गर्दछु ।
प्रतिक्रिया दिनुहोस्