Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

कुमारी बैंक मनायो २५ औं वार्षिकोत्सव

कुमारी बैंक मनायो २५ औं वार्षिकोत्सव
विज्ञापन
Advertisement

 काठमाडाैं । कुमारी बैंक लिमिटेडले आफ्नो २५ औं वार्षिकत्सव मनाएको छ । शुक्रबार बैंकले विभिन्न कार्यक्रमगरी वार्षिकोत्सव मनाएको हो । यस वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक वर्ग, शेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दैे आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण ग्राहकवर्गहरुको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कुमारी बैंक लिमिटेड देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध विज्ञप्तिमा उल्लेख छ ।

कुमारी बैंकको २५ औं वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाण्डौं, ललितपुर, भक्तपुर लगायत उपत्यका बाहिरका सम्पूर्ण प्रदेशहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
वार्षिकोत्सवकै अवसरमा बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न ‘परम्परागत भेषभुषा’ पहिरन गरि वार्षिक उत्सव सम्पन्न गरेको छ । यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान गर्न मद्दत पू¥याएको छ ।

विविध सांस्कृतिक परम्परालाई अंगाल्दै, बैंकले आफ्नो कार्यशक्तिमा समावेशीता र सम्मानलाई बढावा दिएको छ । यस पहल मार्फत, बैंकले ‘सबैका लागि सधैका लागि’ भन्ने मूल उद्धेश्य भित्र रहि आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको बैंकले जनाएको छ ।

बैंकले अफ्ना सम्पूर्ण शाखाहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु देशै भरि वर्षै भरि गर्न ‘समुदायका लागि कुमारी बैंक’ कार्यक्रमको थालनी गरेको छ । यस कार्यक्रम मार्फत समुदायका गरिब, विपन्न तथा पिछडिएका वर्गहरुको जिवन स्तर सहज बनाउन बैंकले आफ्ना सम्पूर्ण शाखाहरुबाट निरन्तर प्रयास गर्ने बैंकले जनाएको छ ।

साथै, बैंकले आफ्नो रजत जयन्तीको अबसरमा सिल्भर सेभिङ्गस् बचत खाता पनि सार्वजनिक गरिसकेको छ जसमा ग्राहकहरुले बचत खातामै मुद्दती खाताको जस्तो ब्याजदर पाउनेछन् ।
विगत २५ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०२ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना तिस लाखभन्दा बढि ग्राहकवर्गहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit