काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाईको बहुमत ल्याइपुयाउँदा शेयर लगानीकर्ताहरुका लागि एउटा उत्साह थपिएको थियो । करिब दुई वर्षदेखि बुलिस बजार समाउन नसकेको शेयरले अब गति लिन्छ भन्ने धेरैको आशावादी थियो । चुनावी परिणामपछिको शेयर बजारले तीनपटक हाई सर्किट लागेर बन्द पनि भयो । चुनावी परिणामले रास्वपाले १ सय ८२ सिट जित्यो ।
यसले लगानीकर्ता झनै उत्साहित बन्न पुगे । लामो समयदेखि अस्थिर राजनीतिक कमजोर आर्थिक सुस्तताले शेयर बजार प्यानिक बनिरहेको अवस्थामा यो जनमतले शेयर लगानीकर्ताका लागि त्राण भर्ने काम गरेको थियो ।
अपेक्षा विपरीत शेयर बजारमा गिरावट
जुन आशा र अपेक्षासहित बजारप्रति लगानीकर्ता उत्साहित थिए । त्यसको ठिक विपरीत शेयर बजार घट्न पुगेको छ । गत चैत १३ गते प्रधानमन्त्रीको रुपमा बालेन्द्र शाह र उनका मन्त्रीपरिषद् गठन भयो। अर्थमन्त्रीमा विश्व अर्थशास्त्र बुझेका र विभिन्न आर्थिक क्षेत्रमा काम गरेका र उदार अर्थमन्त्रीका परिभाषित गरिएका डा. स्वार्णिम वाग्ले अर्थमन्त्री बनेका थिए । जब सरकार गठनपछिको पहिलो कारोबार खुल्यो अपेक्षाविपरीत बजारमा भारी गिरावट आउन पुग्यो । यसले लगानीकर्ताहरु ‘पर्ख र हेर’को अवस्थामा बस्नु बाहेको विकल्पमा यतिबेला देखिएका छैनन् ।
यो साता पाँच दिन भएको कारोबारमा शेयर १९३.४९ अंकले घट्यो भने दुई बजार सामान्यले अंकले बढ्यो। यसरी समग्रमा बजारले १६७.९७ अंकले घट्न पुग्यो । दुई तिहाईको सरकारमा दुईतिहाईको गिरावट आउँदा लगानीकर्ता भने निराश बन्न पुगेका छन् ।
यो पाँच दिनमा एक खर्ब ६४ अर्ब रुपैयाँ लगानीकर्ताको सम्पति गुमाएका छन् । अघिल्लो आइतबार बजार कारोबार हुँदा लगानीकर्ताको कुल शेयर सम्पति ४८ खर्ब ९४ ९४ अर्ब रुपैयाँ रहेको थियो । तर, पाँचदिनमा लगानीकर्ता ठुलो पूँजी गुमाउँदा ४७ खर्ब ३० रुपैयाँमा आइपुगेको हो ।
आइतबार नेप्से सूचक घटे पनि कारोबार रकम भने बढ्न पुग्यो झण्डै १६ अर्ब रुपैयाँको कारोबार हुँदा विहिबारसम्म आइपुग्दा आधाले घटेर ८ अर्बमा सिमित बन्न पुग्यो । यसरी हेर्दा लगानीकर्ता सुरुवातमा हतासले बेच्न पुगेका छन् भने विस्तारै लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् ।
एकातिर सरकारले विभिन्न व्यक्तिहरुमाथि सम्पति शुद्दिकरणको विषयमा अनुसन्धान बढाएको छ । शेयर पुँजी अवैध बजारमा भित्रिने आशंकाले पनि बजारमा केही समय क्रासको बातावरण बन्न पुगेको बजार विश्लेषण हुन थालेको छ । लगानीकर्ता छोटेलाल रौंनियार अहिलेको घटाईलाई शुद्धिकरणको रुपमा हेरिनुपर्ने बताउँछन् । ‘घट्नुपर्ने कारण आर्थिक होइन, प्राविधिक र मनोवैज्ञानिक हो, केही समयपछि बजारले एउटा लय लिन्छ भन्ने मलाई लाग्छ उनले भने ।’
नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी अहिलेको बजारको गिरावटलाई नकारात्मक रुपमा लिन नहुने बताउँछन् । शेयर बजारमा प्रवेश गरेका केही संग्धिन व्यक्तिहरुलाई राज्यले छानविन र अनुसन्धानको दायरामा ल्याउँदा बजारमा त्यसको प्रभाव केही समय परे पनि दिर्घकालीन नरहने उनको भनाई छ ।
त्यस्तै अर्को लगानीकर्ता देव गुरागाईँले अहिलेको बजार घटाई क्षणिक भएको बताउँछन्। उनि भन्छन्,‘यतिबेला लगानीकर्ताहरुमा मनोवैज्ञानिक असर देखिन थालेको हो, केही समयपछि बजार आफ्नो लयमा आइपुग्छ ।’ सरकार गठनहुँदा बजार २६, २७ सयको विन्दुमा आइपुगेको थियो, त्यसैले अंकको हिसाबले घटेको भन्न मिल्दैन ।














प्रतिक्रिया दिनुहोस्