images images images
images images images
images
images
images

नेपाल राष्ट्र बैंकको निर्देशन,संवेदनशील प्रणालीमा सीमित पहुँच मात्र राख्नुपर्ने

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पूर्ण इजाजतप्राप्त वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसँग सम्बन्धित कार्य गर्ने संस्थाहरुलाई आफ्नो संवेदनशील प्रणाली (Critical System) मा पहुँच अत्यावश्यक सीमित कर्मचारीबाट मात्र गर्नुपर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

व्यवसायिक निरन्तरताको दृष्टिले महत्वपूर्ण मानिने यस्ता प्रणालीको सुरक्षा सुनिश्चित गर्न बैंकले नेपाल सरकारको रक्षा मन्त्रालय र नेपाली सेनाको पत्रलाई उद्धृत गर्दै सूचना जारी गरेको हो।

images
images

निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक बैंकिङ् तथा डिजिटल भुक्तानीसम्बन्धी सेवामा कुनै अवरोध नआउने गरी सेवा सञ्चालन गर्नुपर्नेछ। साथै, प्रणालीमा पहुँच मिलाउँदा Remote Access प्रयोग नगरी शाखा वा एटीएम जस्ता आफ्नै सेवामार्फत मात्र गर्नुपर्ने स्पष्ट गरिएको छ।

नेपाल राष्ट्र बैंकले ग्राहक तथा सर्वसाधारणलाई पनि आधिकारिक वेबसाइट र सूचना माध्यममार्फत जानकारी प्राप्त गर्न आग्रह गरेको छ।

images
images

प्रतिक्रिया दिनुहोस्