Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एकैपटक २४ पुस्तक प्रकाशन, खेम शर्माद्वारा विश्व कीर्तिमान कायम

एकैपटक २४ पुस्तक प्रकाशन, खेम शर्माद्वारा विश्व कीर्तिमान कायम
विज्ञापन
Advertisement

काठमाडौं । सरसफाइ अभियन्ता खेम शर्माले एकैपटक २४ वटा डिजिटल पुस्तक प्रकाशन गर्दै विश्व कीर्तिमान कायम गरेका छन्। राष्ट्र निर्माणका विभिन्न विषयमा केन्द्रित यी पुस्तक सार्वजनिक गरेसँगै उनलाई काठमाडौंमा आयोजित कार्यक्रममा विश्व रेकर्डको प्रमाणपत्र प्रदान गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शर्मालाई प्रमाणपत्र, ट्रफी र मेडल हस्तान्तरण गरेका हुन। एउटै लेखकले फरक–फरक शीर्षकमा एकैपटक धेरै पुस्तक प्रकाशन गरेको आधारमा उनले कीर्तिमान बनाएका हुन्। प्रकाशित पुस्तकहरूमा ‘रक्षा’, ‘अर्थ’, ‘शिक्षा’, ‘स्वास्थ्य’, ‘ऊर्जा’ लगायत मन्त्रालयसँग सम्बन्धित विषय समेटिएका छन्, जसमा ६ लाखभन्दा बढी शब्द रहेका छन्।

शर्माले राष्ट्र निर्माणका लागि स्पष्ट दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै पुस्तकमार्फत देश विकासका सम्भावना र नीतिगत सुधारका उपाय प्रस्तुत गरिएको बताए। पुस्तक बिक्रीबाट प्राप्त हुने रोयल्टीको ५० प्रतिशत रकम ‘ज्ञान मञ्च’ निर्माणमा सहयोग गर्ने पनि उनले जानकारी दिए।

अष्ट्रेलियामा लामो समय बसेका शर्मा पछिल्ला वर्षहरूमा नेपालमै सक्रिय छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पशुपतिनाथ क्षेत्रसम्म सरसफाइ अभियान चलाएर चिनिएका उनले नागरिक चेतना र अनुशासनलाई समृद्धिको आधार मानेका छन्।

उनले आगामी दिनमा देशका ७७ जिल्लाको विकास सम्भावना र प्रवासी नेपालीको योगदानबारे थप पुस्तक लेख्ने योजना पनि सार्वजनिक गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit