Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अतिक्रमणकारी र सुकुम्बासी छुट्याउछौ : प्रधानमन्त्री बालेन

अतिक्रमणकारी र सुकुम्बासी छुट्याउछौ : प्रधानमन्त्री बालेन
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौंका नदी किनारमा बसोबास गर्दै आएका बाढी प्रभावित बस्तीहरूको सुरक्षित स्थानान्तरण र दीर्घकालीन व्यवस्थापन गर्ने सरकारको तयारी भइरहेको प्रधानमन्त्री बालेन शाहले बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस सार्वजनिक गर्दे वर्षौंदेखि दोहोरिँदै आएको बाढी र डुबानको समस्यालाई अब स्थायी रूपमा समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्रीका अनुसार थापाथली, गैरीगाउँ, मनोहरा लगायतका जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई मानवीय दृष्टिकोण अपनाउँदै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना अघि बढाइएको छ। उनले बल प्रयोग नगरी व्यवस्थापन गरिने र यसलाई नागरिक अधिकारसँग जोडेर हेरिएको स्पष्ट पारे।

उनले नदी किनारका अव्यवस्थित बस्तीका कारण ढल निकास प्रणालीमा अवरोध पुग्दा उपत्यकाको सरसफाइ र वातावरणीय अवस्था प्रभावित भएको उल्लेख गर्दै स्थानान्तरणले काठमाडौँको ढल व्यवस्थापन सहज हुने बताए।

सरकारले आफ्नो निर्वाचन अघिका प्रतिबद्धता तथा नीति दस्तावेजमा उल्लेख गरिएका सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रणसम्बन्धी बुँदाहरू कार्यान्वयनमा लैजाने तयारी भइरहेको पनि उनले जानकारी दिएका छन्। साथै वास्तविक सुकुम्बासी पहिचान गरी देशभर व्यवस्थित रूपमा जग्गा वितरण गर्ने योजना रहेको उल्लेख गरेका छन्।

बालेनले जोखिमपूर्ण बस्तीमा बसोबास गर्ने नागरिकहरूको समस्या वर्षौँदेखि राजनीतिक रूपमा अल्झिँदै आएको भन्दै अब दीर्घकालीन समाधान गर्ने दाबी समेत गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit