images
images
images

नेप्सेका कर्मचारीले मागे अध्यक्ष र सीईओकाे राजीनामा

images
images
images

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्षको राजीनामा माग गरेका छन् । मंगलबारदेखि आन्दोलनरत कर्मचारीले बुधबार एक विज्ञप्ति मार्फत विभिन्न आरोप लगाउँदै राजीनामा माग गरेका हुन् ।

जारी गरेको विज्ञप्तिमा सम्पुर्ण कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर काम गर्ने, प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने, नेप्से सञ्चालक समितिका अध्यक्ष र सीईओको राजिनामा मागेको छ ।

images
images

संघले अध्यक्ष र सीईओले राजीनामा नदिएसम्म निरन्तर विरोध कार्यक्रम जारी राख्ने जनाएको छ । नेप्सेका कर्मचारीले आफुले पाउनु पर्ने ५ प्रतिशत बोनस नदिएको भन्दै मंगलबार अध्यक्ष हेमन्त बस्याल र सीईओ चुडामणी चापागाईलाई करिब १३ घन्टा नेप्सेमा बन्दी बनाएर राखेका थिए । रातको १२ बजेको समयमा प्रहरी आएर अध्यक्ष र सीईओलाई घर पठाएको थियो ।

नेप्से सञ्चालक समितिले अर्थ मन्त्रालयको स्वीकृत बिना ५ प्रतिशत बोनस दिन नमिल्ने भन्दै रोकेको छ । कर्मचारी भने श्रम अदालतले ५ प्रतिशत दिनु पर्छ भनेका कारण अदालतको आदेश मान्नुपर्ने पक्षमा रहेका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्