Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

आन्दोलनपछिको आर्थिक पुर्नउत्थानबारे चेम्बर र आईएमएफबीच छलफल

आन्दोलनपछिको आर्थिक पुर्नउत्थानबारे चेम्बर र आईएमएफबीच छलफल
विज्ञापन
Advertisement

काठमाडौं । जेनजी आन्दोलनपछिको आर्थिक पुर्नउत्थानबारे नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय मुद्राकोष आईएमएफबीच उच्चस्तरीय छलफल भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आन्दोलनका क्रममा भएको जनधनको क्षति, निजी क्षेत्रमा भएको तोडफोड र समग्र अर्थतन्त्रमा परेको असर लगायतका विषयमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितका पदाधिकारी र आईएमएफका आवासीय प्रतिनिधी प्रनव गुप्ता लगायतको टोलीबीच चेम्बर भवनमा आज छलफल भएको हो ।
आईएमएफका आवासीय प्रतिनिधी गुप्ताले चेम्बर भवनमा अध्यक्ष अग्रवालसंग जेनजी आन्दोलनका क्रममा भएको क्षति र आर्थिक पुर्नउत्थान सम्वन्धमा निजी क्षेत्रको तयारीबारे जिज्ञासा राखेका थिए ।
नेपालमा हाल ४३ बिलियन डलर कुल ग्रार्हस्थ उत्पादन जीडीपीको ३ प्रतिशत करिव १ दशमलव २५ विलियन डलरको क्षति हुनसक्ने अनुमान गरिएको अध्यक्ष अग्रवालले बताए ।
आन्दोलनपछि अर्थतन्त्रमा परेको असर तथा निजी क्षेत्रको पुर्नउत्थानका लागि क्षतिग्रस्त भौतिक संरचनामा भन्सार तथा अन्य कर छुटको सुविधा, बीमा दावीबापत अग्रिम भुक्तानी यथाशीघ्र फस्र्योट गर्न निर्देशन तथा प्रभावित उद्यमी व्यवसायीलाई सहुलियतपुर्ण कर्जा लगायत सरकारले प्रदान गर्न लागेको नीतिगत सहजीकरणले निजी क्षेत्रलाई उत्साही बनाएको अध्यक्ष अग्रवालले बताए ।
बर्तमान कठिन परिस्थितीमा निजी क्षेत्रले आत्मबल उच्च बनाएर सरकार र सरोकारवाला निकायसंग सहकार्य गरिरहेको उहा“ले जानकारी गराउनुभयो ।
चेम्बर अध्यक्ष अग्रवालसंगको भेटका क्रममा आईएमएफका आवासीय प्रतिनिधी गुप्ताले नेपालको अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन निजी क्षेत्रसंग सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit