images images images
images images images
images
images
images

सार्वजनिकस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्न जुट्यो प्राधिकरण

images

काठमाडौं । सहित देशका विभिन्न दश सहरमा निःशुल्क वाइफाइ उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरण तयारीमा जुटेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबहालीका अवसरमा गरिएको पहिलो निर्णय कार्यान्वयनका लागि प्राधिकरण जुटेको हो ।

काठमाडौँमा दुई महिनाभित्र र देशभरका दश सहरमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ विस्तार गर्न सेवा प्रदायकहरूसँग छलफल गरिएको प्राधिकरणले जनाएको छ ।

images
images

प्राधिकरणका उपनिर्देशक एवं सहायक प्रवक्ता प्रदीप पौड्यालले मन्त्रीको निर्देशनलाई निर्धारित समयभित्र कार्यान्वयन गर्न आवश्यक रणनीति बनाउन थालिएको बताए । इन्टरनेट सेवाप्रदायकमार्फत निःशुल्क वाइफाइ विस्तार गरिने भएकाले उनीहरूसँगको छलफलबाट प्राप्त प्रतिक्रिया र सुझावपछि थप काम अघि बढाइने उनले उल्लेख गरे ।

सहायक प्रवक्ता पौड्यालका अनुसार निःशुल्क वाइफाइका लागि नयाँ स्थानको चयन, उपलब्ध भइरहेका स्थानमा गुणस्तरीयता बढाउने, डेटा सुरक्षा, डेटा कति मात्रामा कति समयसम्म निशुल्क उपलब्ध गराउनेलगायत विषय समटेर रणनीति बनाइनेछ ।

‘लागतको हकमा अलिकति समस्या हुनसक्छ । हाम्रो बजेट पहिला नै स्वीकृत भइसकेको छ । अहिले नयाँ कार्यक्रम ल्याएर तत्काल कार्यान्वयन गर्नुपर्ने भएकाले कार्यान्वयन ‘मोडालिटी’ कस्तो बनाउने भन्ने विषयमा छलफलको चरणमा छौँ’, उनले भने यो, ‘सेवा प्रदायकबाट कस्तो प्रतिक्रिया आउँछ, त्यो बुझेर कार्यान्वयनका लागि रणनीति बनाएर अघि बढ्छौँ ।’

प्राधिकरणले वाइफाइ ‘हटस्पट’ सञ्चालनसम्बन्धी विनियमावली, २०७५ अनुसार उक्त रणनीति बनाएर कार्यान्वयन गर्ने जनाएको छ । प्राधिकरणलाई तोकिएको समयसीमाका कारण तत्काल काठमाडौं बताए ।

‘सबै सेवा प्रदायक, मुख्यत हटस्पट सेवा दिइरहेकालाई प्राधिकरणले अघि बढाउन खाजेको छ’, उनले भने, ‘बजारमा ठूलो शेयर हिंसा भएका सेवा प्रदायकहरू मोबाइल सेवा प्रदायकदेखि एनसेल, नेपाल दूरसञ्चार र आइएसपीका ठूला अपरेटरहरूसँग सहकार्य गर्दैछौँ ।’

सञ्चारमन्त्रीको निर्देशन कार्यान्वयन गर्नका लागि वाइफाइको ‘कभरेज’ विस्तार गर्न समस्या नभएको उल्लेख गर्दै उहाँले हटस्पट र मोबिलिटी फरक विषय भएको स्पष्ट पारे ।

images
images

प्रतिक्रिया दिनुहोस्