Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

भौतिक पुनःनिर्माण सँगै निजी क्षेत्रलाई विस्वासमा लिएर काम गरे अर्थतन्त्रको पुनरुत्थान छिटो हुन्छ: लगानी बोर्डका सिइओ ज्ञवाली

भौतिक पुनःनिर्माण सँगै निजी क्षेत्रलाई विस्वासमा लिएर काम गरे अर्थतन्त्रको पुनरुत्थान छिटो हुन्छ:  लगानी बोर्डका सिइओ ज्ञवाली
विज्ञापन
Advertisement

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जेनजी आन्दोलनपछि डर र आशा दुवै रहेको उल्लेख गर्दै भौतिक पुनःनिर्माण सँगै आर्थिक पुनरुत्थान समेत आवश्यक भएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषायक कार्यक्रममा ज्ञवालीले अबको पूननिर्माण भौतिक मात्रै नभएर आर्थिक पुनरुत्थानसहितको हुनुपर्ने आवश्यकता औंल्याए ।

भुकम्पपछिको पुनःनिर्माणमा छुट्टै संस्था खडा गरेर बैंकिङ च्यानलमार्फत रकम दिदाँ सफल भएको उदाहरण दिँदै उनले अबपनि आत्मबल बढाएर अघि बढ्नु पर्ने बताए । अर्थतन्त्रमा आन्दोलनका कारण ठूलो आर्थिक क्षति भएता पनि नेपालको आर्थिक सूचकहरु राम्रो अवस्थामा रहेको उल्लेख गर्दै ज्ञवालीले आत्तिनु नपर्ने बताए । ‘श्रीलंकामा आन्दोलन हुँदा त्यहाँको अर्थतन्त्र नकरात्मक अवस्थामा रहेको थियो । नेपालको अर्थतन्त्रका सूचक राम्रो अवस्थामा छन्,’ ज्ञवाली भन्छन्,‘अब निजी क्षेत्रको विश्वास जितेर जान सक्दा छिटो नै अर्थतन्त्रको पुनरुत्थान हुन सक्छ ।’

सरकारले अबका कार्यक्रम बनाउँदा आर्थिक क्षेत्रसंग जोडर बनाउनु पर्ने बताए । , भौतिक पुनरोत्थानका लागि निजी क्षेत्रको विश्वास जितेर युवालाई समेत सीपसँग जोडर काम गर्नुपर्ने उनको भनाइ छ । ‘युवालाई शिक्षा सीपसहित विकास गर्न आवश्यक रहेको छ । विभिन्न फोरम र सरकारका प्रतिनिधीले युवाका कुरा नसक्दा विद्रोह हुन्छ,’ उनी भन्छन्, ‘युवाहरुले भोगेका समस्या समयमा सुन्न सक्दा मानिसमा निराशता पैदा हुँदैन ।’

नेपालको संविधानले ३ तहको सरकारको परिकल्पना गरेको उल्लेख गर्दै जेनजी आन्दोलनपछि संघ सरकासँग बढी अपेक्षा गरिएको भएपनि प्रदेश र स्थानीय तह मार्फत धेरै विषय समस्या समाधान गर्न सकिने ज्ञावलीले बताए ।  ‘संघ सरकारसंग मात्रै मुख ताक्दा युवाले खोजेका सबै सेवा सहज पाउँदैनन् । स्थानीय तहबाट कार्यान्वयन हुने विषय त्यहिँबाटै हुनुपर्छ,’ उनले भने ।

सरकारी नीति नियमको कारण परिणाममा भन्दा प्रक्रियामा भुल्ने गरेकोमा परिर्वतन हुनुपर्नेमा उनको जोड छ ।

उनले वैदेशिक लगानी भित्राउनको लागि सार्वजनिक निजी साझेदारीको मोडलमा नै सरकार अघि बढ्नुपर्ने बताए । ‘लगानी बोर्डका लामो समय देखी वन स्टप सर्भिस सेन्टरको प्रणाली छ। तर त्यसको कार्यन्वयन राम्रोसँग हुन सकेको थिएन,’ ज्ञवालीले भने, ‘अध्यादेशबाट कानुन संसोधन भएर कर्मचारीलाई अधिकार सहितको जिम्मेवारी दिएका छौं। अब कार्यविधि बनाएर त्यसलाई छिटो कार्यन्वयन गछौं ।’

सरकार परिवर्तन हुनासाथ नीति परिवर्तन हुँदा वैदेशिक लगानीकर्तामा अविस्वास पैदा भएको उल्लेख गर्दै उनले लगानी बोर्डको संरचना नै परिवर्तन गरेर बोर्डमा सरकार र विपक्षी दल सहितका प्रतिनिधी हुनेगरी अघि बढेको जानकारी दिए । अब त्यसमा थप छलफल गरेर टुंगाउनु पर्ने उनले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit